Prakash Adhikari July 26, 2020

 

काठमाडौं, ११ साउन(रासस) । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।

 

बिहीबार डिल्लीबजार कारागारबाट छुटेपछि रञ्जन कोइराला। फाइल तस्बिर

बिहीबार डिल्लीबजार कारागारबाट छुटेपछि रञ्जन कोइराला।

पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।

यस मुद्दाको कारण सत्तारुढ नेकपाको अत्यन्त विश्वासिली सर्वोच्च अदालतकी अर्की न्यायाधीश सपना मल्लको बेञ्चबाट भएको बुढानीलकण्ठमा भएको हिट एण्ड रन प्रकरणका पृथ्वी मल्लको मुद्दामा भएको फैसलामा पनि विवादमा तानिएको उहाँसहित दुवै मुद्दामा फैसला गर्ने न्यायमूर्तिहरुमाथि अविश्वास प्रस्ताव ल्याउनु पर्छ भन्ने जनमत बलियो बन्दै गएकोले यो फैसला पुनरावलोकनमा उल्टी हुने संभावना रहेको बताइएको छ ।

Share Now

Leave a comment.