Prakash Adhikari July 27, 2020

खुमलटार(ललितपुर), १२ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद शीघ्र टुंग्याएर पार्टी र सरकारलाई गतिशील बनाउनका लागि शीर्ष नेताहरुबीच सोमबार बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको निवास खुमलटारमा सम्पन्न शीर्ष नेताहरुको भेलाले सो समझदारी गरेको हो ।

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,पार्टीका वरिष्ठ नेता तथा पूर्वअध्यक्षद्धय झलनाथ खनाल र माधव नेपालसहित पार्टीका प्रवक्ता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो।

छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा प्रचण्डको अध्यक्षतामा बैठक अगाडि बढाउने समझदारी भएको हो।

No photo description available.

नेताहरुकाबीच भोलि मंगलबारको लागि तय गरिएको बैठक आरम्भ गर्ने र एजेण्डामा छलफल गर्ने समझदारी भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । उहाँका अनुसार एउटा गतिशील कम्युनिष्ट पार्टी महिनौसम्म निशिक्रय र निर्णयहीन बनेर बस्न सक्दैन् । पार्टीभित्र समझदारी कायम भए ै एजेण्डामाथिको छलफल र निर्णय सहमतिमा नहुने र नभए लोकतान्त्रिक पद्धति अनुरुप बहुमतको आधारमा ‘पार्टी एउटा निर्णयमा जानेछ र पार्टीको सिंगो पडि..तले बहुमतको कुरा मान्नैपर्ने हुन्छ।

 

वरिष्ठ नेता खनालले मंगलबारका लागि तय भएको बैठकमा पार्टी कार्यकर्ताका भावना र पार्टी तथा मुलुकको आवश्यकतालाई ध्यानमा राख्दै ‘प्रधानमन्त्री ओलीले आफैँले स्वेच्छाले एक पदबाट राजीनामा दिए राम्रै हुनेछ नत्र पार्टीले हटाउने बारेमा निर्णय गर्नेछ ।

बृद्धावस्था, दीर्घरोग, विभिन्न एण्टिबायोटिक औषधीहरुको असर आदिले गर्दा प्रधानमन्त्री ओलीलाई राज्य चलाउन निकै सकस पर्दै आएको छ । एकातिर उहाँले झण्डै दुई तिहाईको बहुमतको ऐतिहासिक अवसरलाई देश र जनताको सुख,शान्ति र समृद्धिमा लगाउने कार्यक्रम ल्याउन सक्नुभएको छैन् । उहाँले मन पराएर चयन गरेका मन्त्रीदेखि राज्य सञ्चालनका विभिन्न निकायमा नियुक्त भएका राष्ट्रसेवकहरुमा यसपछि मौका पाइन्छ कि पाइदैन भन्ने भयले अन्तिम भोज जसरी मुलुक लुटने सोख जागेको छ ।

प्रधानमन्त्रीको निकटका व्यक्तिहरु नै अधिक विवादमा तानिनुको कारण यो पनि हो तर प्रधानमन्त्री यो कुरा पत्याउन तयार हुनुुहुन्न् । अर्कोतिर पार्टीको सांगठानिक काममा त उहाँले ध्यान दिनै सक्नुभएको छैन् । राज्यको कार्यकारी प्रधानमन्त्री भएकोले उहाँप्रति आकर्षण छ , पार्टीका अन्य नेताहरु छायामा पर्नुभएको छ । अरुको दौडधूपले पार्टीले गतिलिन सक्ने अवस्था छैन् । अध्यक्ष पद पनि बुढो गोरुले भकारो ओगटेको जस्तो भएको छ ।

यसैले पार्टीको जारी स्थायी समितिको बैठकमा उहाँमाथि अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब बढ्दै आएको छ। प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकबाहिरबाट साम,दाम,दण्ड र भेदको नीति अख्तियार पारेर विरोधीहरलाई छिन्नभिन्न बनाउन आफूसंग भएको महत्वपूर्ण अस्त्रहरु प्रयोग गरिसक्नुभएको छ ।

आफ्नो विरोध गर्ने सबै नेताहरुलार्ई विदेशी शक्तिका एजेन्ट अर्थात दलाल भन्ने आरोप लगाएर देशभरि बद्नाम गराएपछि केही सेलाएको उहाँविरुद्धको पार्टीभित्रको जनमत फेरी उत्कर्षतिर जाँदै छ । त्यसलार्ई निस्तेज गर्न उहाँ अझैपनि प्रभावशाली मन्त्री र स्थायी समिति सदस्यहरुलाई विभिन्न प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउन प्रयासरत हुनुहुन्छ ।

यसबीचमा मंसिरमा पार्टीको एकता महाधिवेशन गरी अध्यक्ष पद छोडिदिने प्रधानमन्त्रीको प्रस्तावमा झण्डै लुटपुटिनुभएका पार्टी अध्यक्ष प्रचण्ड उहाँलाई राष्ट्रपतिका सामुन्ने बहुदलीय जनवाद मान्न दबाब दिइएपछि झस्कनुभएको छ ।

आफू र आफ्नो शक्तिलाई वैचारिक र सांगठानिक दुवै मोर्चाबाट समाप्त गर्न खोजेको यथार्थबोध भएपछि कार्यकारी अध्यक्ष प्रचण्ड्रले प्रधानमन्त्री के.पी. शर्मा ओलीविरुद्ध फायर खोल्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा अर्का शीर्ष नेता माधवकुमार नेपालसहितले प्रधानमन्त्री ओलीलाई दिएको चेतावनीले अब ओली बिरोधी समूह अस्तित्व रक्षाको लागि अन्तिम प्रयासमा रहेको झल्को दिएको छ । यद्यपि राज्यको सत्तामा रहेकोले प्रधामन्त्री ओलीले अन्तिम समयसम्म श्रृखलाबद्ध रुपमा धेरै दाउपेच खेल्न सक्ने बताइन्छ ।

असार १० गते बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्रको मतभेद उत्कर्षमा पुगेको छ ।

पार्टीभित्रको विवादका बीच असार १८ गते प्रधानमन्त्रीले शीर्ष नेताहरु, संघीय संसदको प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, र पार्टी सचिवालयलाई पनि जानकारी नदिईकन स्थायी समितिको बैठक बालुवाटारमा भैरहेको बेला आफ््नै निवासको बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक गरि सोही दिन अपरान्ह ५ बजेदेखि  संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेताहरुबीच सहमति कायम गर्न भनेर स्थगित गरिएको बेठक २६ आषाढमा देशमा बाढी पहिरो आएकोले उद्धार र राहतमा जुट्ने आग्रह गर्दै साउन २ गतेसम्म स्थगित गरिएको थियो । २ गते निर्धारित बैठक ४ गते सारियो र ४ गतेको बैठक ६ गते बस्यो । पुन: बाढी र पहिरो पीडितको राहत र उद्धारमा जुट्ने निर्णय गर्दै १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

https://www.facebook.com/surya.thapa.754918/posts/3174675692624913

Share Now

Leave a comment.