काठमाडौं, १२ साउन । विगत २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभरमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७ सय ५२ पुगेको छ। यीमध्ये सक्रिय संक्रमित ४ हजार ९ सय सय ५० जना छन्।
सोमबार काठमाडौंका ३ जना र ललितपुरका ३ जनामा संक्रमण पाइएको छ।
यस्तै, सोमबार कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ६ सय २६ रहेको छ।
यसरी हालसम्म नेपालमा संक्रमण निको हुने १३ हजार ७ सय ५४ जना रहेका छन्।


















