Prakash Adhikari July 27, 2020

काठमाडौं, १२ साउन । धितोपत्रको दोस्रो बजारमा आज नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।

पछिल्लो आधा घण्टाको समयमा बिक्री चाप बढी हुँदा दिनभर उकालो लागिरहेको नेप्से परिसूचक शून्य दशमलव १८ प्रतिशतले घटेर १४६२.४८ आएको हो । बिन्दुगत रुपमा आइतबारको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ६२ प्रतिशतले घटन गएको छ ।

सोमबार १ सय ८७ कम्पनीका ४२ लाख ५७ हजार १ सय ६१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेले वर्गीकरण गरेको  उपसमूह मध्ये विकास बैंक, उत्पादन र लघुवित्त अन्य उपसमूहको उपसूचक लागेका छन् भने बैंकिड., ट्रेडिड. होटल,हाइड्रो,फाइनान्स, निर्जीबन बीमा, जीवन बीमा र म्युचुअल फण्डका उपसूचकहरु ओरालो लागेका छन् ।

Symbol LTP % Change Qty
JOSHI 55.00 10 3,793
NICLBSL 820.00 4.99 93,959
SRS 338.00 4.97 710
BFC 104.00 4 5,684
MMFDB 780.00 4 20
PFL 159.00 3.92 1,810
MHNL 81.00 2.53 1,130
EDBL 338.00 2.42 2,841
DHPL 48.98 2.36 1,345
LBL 237.00 2.16 48,493

सोमबार अघिल्लो कारोबार भएको दिनको तुलनामा जोशी हाइड्रो, एनआईसी एशिया लघुवित्त, वेष्ट फाइनान्स,श्रीराम सुगरमिल(कम्पनी बन्द भएको घोषणा पछि पनि)मिर्मिरे लघुवित्त,पोखरा फाइनान्स, माउण्टेन हाइड्रो,एक्सेल विकास बैंक,दिब्येश्वरी हाइड्रो, र लक्ष्मी बैंकका लगानीकर्ताले अरुको तुलनामा बढी कमाएका छन्।

Symbol LTP % Change Qty
CORBL 114.00 -9.52 12,582
OHL 383.00 -6.81 14,828
GUFL 116.00 -5.69 9,518
GHL 51.00 -5.56 1,546
PPCL 112.00 -5.08 3,810
SIL 620.00 -5.05 18,333
MLBBL 775.00 -4.91 2,088
TRH 244.00 -3.94 16,897
SMB 889.00 -3.89 500
SPDL 99.00 -3.88 3,344

त्यस्तै अघिल्लो कारोबार भएको दिनको तुलनामा आज सेयरको मूल्य घटेका कम्पनीहरुका कर्पोरेट विकास बैंक, ओरियण्टल होटल, गोर्खा फाइनान्स,घलेम्दी हाइड्रो,पाँचथर पावर, सिद्धार्थ इन्सुरेन्स ,मिथिला लघुवित्त,तारा गाँउ रिजेन्सी होट ,सपोर्ट लघुवित्त र सिनर्जी हाइड रहेका छन् ।

सोमबार अधिक रकमको कारोबार हुने कम्पनीहरुका एनएलआइसी, पुनर्वीमा, नबिल, एनआईसी एशिया,एनआइसी एशिया लघुवित्त,नबिल बैंक,एनएमबी बैक, शिखर इन्स्योरेन्स,शिवम् सिमेण्ट, लुम्बिनी इन्स्योरेन्स रहेका छन् ।

Symbol Turnover LTP
NLIC 174,419,947.00 1,376.00
NRIC 148,861,194.00 558.00
NABIL 90,909,055.00 862.00
NICLBSL 77,920,085.00 820.00
NICA 60,092,797.00 587.00
NMB 58,417,790.00 437.00
SICL 57,116,726.00 1,245.00
SHIVM 40,293,974.00 625.00
CBBL 36,596,074.00 1,097.00
LGILPO 29,294,402.00 261.00
Share Now

Leave a comment.