Prakash Adhikari August 1, 2020

 

काठमाडौं, १७ साउन । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा भेटिएका संक्रमित मध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४ सय ९२ जना निको भएका छन् ।

अहिलेसम्म ७२ प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५ हजार ३ सय ३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ९ सय ९३ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ८२ हजार ४ सय ९० रहेको छ।

कुल निको हुनेको सङ्ख्या १४ हजार ४ सय ९२ रहेको छ।

कोरोनाभाइरस ब्यानर

अहिले देशभरिका क्वारन्टीनमा ११ हजार ५ हजार ३३ जना छन्।

लकडाउन खुकुलो भएपछि कसरी बढ्दैछ सङ्क्रमण ?

स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ० . ८ प्रतिशतले बढेको देखिएको जनाएको छ।

ूसाउन ७ देखि १७ गतेको अवधिमा ५८ हजार १ सय ७४ पीसीआर परीक्षण गरिएको र त्यसमा २ हजार ९२ जना सङ्क्रमित पाइएको छ। त्यो भनेको ३ . ८ प्रतिशत सङ्क्रमण दर हो,ू मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले बताउनुभयो।

साउन ७ भन्दा ११ दिन अगाडिको अवधिमा भने ४७ हजार ८ सय ७७ पीसीआर परीक्षण गरिएको र त्यसमा १ हजार ३ सय ४५ जना सङ्क्रमित पाइएको बताइएको छ, जुन २ दशमलव ८ प्रतिशत हुन आउँछ।

परीक्षण

परीक्षण
प्रवक्ता डा. गौतमले सीमानाकामा स्थलमार्गबाट नेपाल आउनेहरूको स्वाब परीक्षणको नतिजा नआउन्जेल क्वारेन्टाइनमा राख्न स्थानीय निकायहरूलाई अनुरोध गनुभएको छ ।

साथै, उहाँले सरकारी कर्मचारीहरूलाई पनि उचित किसिमले मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्नुभएको छ।
२५ जना भन्दाधेरै सहभागी भएका गोष्ठी, बैठक वा अन्य कार्यक्रम नगर्न भन्दै अन्यथा गरिए घातक अवस्था आउने उहाँले चेतावनी पनि दिनुभएको छ।

नेपाल ६५ औँ स्थानमा

विश्वका विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमितहरूको आँकडा राख्दै आएको अमेरिकाको जोन्स हप्किन्स  विश्वविद्यालयको तालिका अनुसार शनिवार अपरान्हसम्म धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाल ६५ औँ स्थानमा रहेको छ।

दक्षिण एसियामा सबभन्दा धेरै सङ्क्रमित भारत अनि त्यसपछि पाकिस्तान, बाङ्ग्लादेश तथा अफगानिस्तानमा पाइएका छन्।

भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् र भारत विश्वमै तेस्रो स्थानमा छ।पाकिस्तान पौने तीन लाख सङ्क्रमित सहित १३ औँ अनि बाङ्ग्लादेश दुई लाख ३७ हजार सहित १६ औँ स्थानमा छन्।

माल्दिभ्स, श्रीलङ्का तथा भुटानमा चाहिँ नेपालमाभन्दा कम सङ्क्रमित पाइएका छन्।

देशभरका प्रयोगशालामा ६ हजार ९ सय ९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

कहाँ कति संक्रमित थपिए ?

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५र५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २र२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

Share Now

Leave a comment.