म्याड्रिड(स्पेन), २० साउन(बीबीसी) । स्पेनका पूर्व राजा हुँवा कार्लोसले देश परित्याग गर्न लाग्नुभएको त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उहाा भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिनुभएको थियो।
८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलिपे षष्टमलाई लेखेको पत्रमार्फत गरेको बताइएको छ।
अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उहाँले बताउनुभएको छ।
साउदी अरेबियामा एउटा हाइ(स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो।
पूर्व राजाले स्पेन कहिले छाड्नुहुनेछ वा उहाँ त्यसपछि कहाँ बस्नुहुनेछ भन्ने विषय स्पष्ट भएको छैन।
बीबीसीका युरोप संवाददाता नीक बीकका अनुसार कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो।
करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी परित्याग गर्नुभएको थियो।
आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उहाँले गद्दी त्याग गर्नुभएको थियो।
अनुसन्धानको विषय के हो ?

ख्वान कार्लोस र राजा फेलिपे
सन् २०१४ मा गद्दी त्याग गरेपछि हुँवा कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ।
स्पेनको एउटा कम्पनीले मक्का(मदिना रेल निर्माणका लागि ६।७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो।
अनुसन्धानमा स्वीस व्याङ्कहरू पनि सामेल छन्।
स्पेनका भ्रष्टाचारसम्बन्धी मामिला हेर्ने अधिकारीहरूले पूर्व राजाले स्विट्जर्ल्यान्डमा अघोषित धन राखेको हुन सक्ने शङ्का गरेका छन्। यस विषयमा अनुसन्धान जारी छ।
स्पेनको सरकारले ून्याय सबैका लागि समान रहेकोूबताएको छ र उसले सोधपुछमा ूहस्तक्षेप नगर्नेू जनाएको छ।
ख्वान कार्लोस
- सन् १९३८ मा रोम, इटलीमा जन्म
- सन् १९७५ नोभेम्बर २२ मा राज्यारोहण
- कठिन अवधिमा स्पेनको लोकतन्त्रको नेतृत्वका कारण उहाँलाई व्यापक रुचाइन्थ्यो
- तर ३९ वर्ष लामो शासनकालको अन्त्यतिर आउँदै गर्दा उहाँविरुद्ध आलोचना बढ्दै गयो
- सन् २०१४ जुन १८ मा छोरा फेलिपेका पक्षमा उभिँदै राज गद्दी त्याग


















