Prakash Adhikari August 5, 2020

काठमाडौं, २१ साउन । सरकारले भोलि बिहिबारदेखि लागू हुनेगरी राजधानी काठमाडौं उपत्यकाका तीन जिल्ला सहित कोरोना संक्रमित २ सयभन्दा बढी भएका जिल्लाहरुमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार,‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।

सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

14districts prohibitoryorder 1

Share Now

Leave a comment.