वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ साउन (बीबीसी) । एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताउनुभएको छ।
यो घट्ना त्यतिबेला भएको थियो, जुनबेला उहाँ आफूले आयोजना गरेको त्रकार सम्मेलनमा ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहनुभएको थियो ।
पत्रकार सम्मेलनको बीचमै उहाँका सुरक्षाकर्मीले उहाँलाई केही जानकारी दिएपछि ट्रम्प पत्रकार सम्मेलन छाडेर भित्र जानुभएको थियो।
तर भित्र गएर आएपछि उहाँले उक्त सम्मेलन जारी राख्नुभयो र भन्नुभयो, ‘स्थिति नियन्त्रणमा छ।’
उहाँले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै सन्दिग्ध हतियारधारी लाई गोली हानेको जस्तो लागेको बताउनुभयो।
उहाँका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ।
ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गर्नुभयो।
पत्रकार सम्मेलनको बीचमै ट्रम्पलाई जानकारी दिँदै अमेरिकी सिक्रेट सर्भिसका एजेन्ट
पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्कनुभएको थियो।
उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताउनुभयो।
अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा रहेको जनाएको छ।