काठमाडौं, २८ साउन । विगत २४ घण्टामा देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो।
साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्।
आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको छ।
हाल देशभरका १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसिरहेका छन्।
अहिले नेपालभर ७ हजार ६ सय १३ संक्रमित रहेका गौतमले जानकारी दिनुभएको छ।
बुधबारसम्म १६ हजार ७ सय २८ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
मंगलबार देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको थियो।


















