Prakash Adhikari August 12, 2020

काठमाडौं, २८ साउन । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बलराम बानियाँको शव मकवानपुरको सिस्नेरी क्षेत्रमा भेटिएको छ ।

सोमबार (साउन २६) देखिहराउनुभएका बानियाको शव सिस्नेरीस्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले बताएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व सचिव समेत रहनुभएका पत्रकार बानिया राजनीति र सुशासनका विषयमा कलम चलाउने कुशल पत्रकार हुनुहुन्थ्यो ।

यसैबीच उहाँ कार्यरत कान्तिपुर दैनिकले उहाँ दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको र शव हेटौंडा अस्पतालमा राखिएको जानकारी दिनुभएको छ ।

कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन

खोलामा भेटियो पत्रकार बलराम बानियाँको शव, आत्महत्याको आशंका

सोमबार करिब पौने ४ बजे राजधानीको बल्खुचोकमा देखा पर्नुभएका पत्रकार बानियाले प्रहरीलाई घर जाने भन्दै बल्खु खोलाको पुलमुनि जानुभएको थियो ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उहाँको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए ।
तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उहाँको पहिचान खुल्न सकेको थिएन ।

बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराउनुभएको र त्यसपछि सम्पर्कमा नआउनुभएको कान्तिपुरले लेखेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण कान्तिपुरले आफ्ना स्टाफहरुलाई सम्पादकीय कार्य घरबाट गर्ने छुट दिएको छ ।

कान्तिपुर र नागरिकमा पत्रकारिताको अभ्यास गर्नुभएका बानियाँ पछिल्लो एक दशकभन्दा अघिदेखि कान्तिपुरमा नियमित रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Share Now

Leave a comment.