Prakash Adhikari August 12, 2020

 

मुम्बई(भारत), २८ साउन । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ ।

तेस्रो चरणको क्यान्सर देखिएपछि उहाँ उपचारका लागि गएराति अमेरिका प्रस्थान गरिसक्नुभएको छ ।

स्वास फेर्न कठिन भएपछि दत्तलाई अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको हो ।

सञ्जयलाई क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंंसकले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् ।

सञ्जयकी आमा नामूद अभिनेत्री नरगिसको पनि सन् १९८१ मा क्यान्सरका कारण निधन भएको थियो ।

६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनले गर्दा पाँच महिनादेखि दुबईमा रहेका छन् ।

Share Now

Leave a comment.