Prakash Adhikari August 18, 2020

काठमाडौं, २ भाद्र । सरकारले तीन राजदूत नियुक्त गरेको छ ।

अर्थ र सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले युरोपियन युनियन (ईयू)का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्त गरेको छ ।

नियुक्त भएका सबै राजदूतहरु परराष्ट्र मन्त्रालयका कर्मचारी हुनुहुन्छ ।

ईयुका लागि नियुक्त राजदूत राजभण्डारीलाई बेल्जियम समेत हेर्ने जिम्मेवारी दिइएको छ ।

Share Now

Leave a comment.