Prakash Adhikari August 23, 2020

 

काठमाडौं, ७ भाद्र । काठमाडौं उपत्यकाका बिहान सबा ९ बजेसम्म पसलहरु खोल्न पाइने भएको छ ।

राजधानी उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा अवधिमा अत्यावश्यक किटान भएका वस्तु तथा सेवाहरु बिहान सवा नौ बजेसम्म विक्री वितरण गर्न पाउने गरी स्पष्ट पारेको हो ।

यस पहिले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक किटान भएका वस्तु तथा सेवा बिक्री वितरणगर्ने पसलहरु खोल्ने समय तोक्दा भिडभाड हुने भन्दै स्थानीय निकायका पदाधिकारीलाई समय निर्धारण गर्ने सुविधा दिइएको दावी गर्नुभएको थियो ।

तर प्रमुख जिल्ला आधिकारीहरुको सो तर्कले अन्यौल सिर्जना भएको थियो । एकातिर कोरोना संक्रमण बढेकोले नियन्त्रणको लागि मानवीय आवातजावत रोक्न एक हप्ते निषेधाज्ञा जारी गर्ने अर्कोतिर खाद्यान्न,तरकारी,डेरी,फलफूल,माछा मासु लगायतका पसल दिनभर खुल्न दिने गर्दा निषेधाज्ञा जारी गर्नुको औचित्यमा प्रश्न उठ्न गएको थियो । किनकी राजधानीमा बनेका सडक छेउका अधिकांश घरमा सटर छन् र एक दुई सटर विराएर खाद्यान्न,किराना,तरकारी,फलफूलहरुको पसल राखेको देखिन्छ ।

notice.png

तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्ति अनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधी, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने छ।

‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछा, मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा नौ बजेसम्म खोल्न सकिने छ ।

जिल्ला प्रशासनले माथि उल्लेखित व्यापार, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक, भौतिक दूरी कायम राख्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने लगायतका सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।

Share Now

Leave a comment.