Prakash Adhikari August 24, 2020

 

सोल(दक्षिण कोरिया), ८ भाद्र । उत्तर कोरियाका सर्वोच्च नेता (शासक) किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ।

उहाँ अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएको खबर सार्वजनिक भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले आफ्नो देशका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उहाँ (किम जोङ उन) कोमामा छन्’ भन्नुभएको छ। उहाँले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गर्नुभएको छ।

यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि उहाँ सार्वजनिक भएर सो अफवाहलाई मिथ्था सावित गरिदिनुभएको थियो ।

Share Now

Leave a comment.