काठमाडौं,९ भाद्र । एनआइसी एशिया बैंकले समयसापेक्ष परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।
यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकहरूले यस बैंकको मोबाइल बैंङ्किङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम एक सयसम्मको कारोबार ग्राहकहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।
डिजिटल बैंङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रहेर नवीनतम् प्रविधिद्धारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टमार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंङ्किङमार्फत गर्न ग्राहकहरूलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो ।
यस असाधारण समयमा ग्राहकहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिल लगायतका सबैखाले घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंङ्किङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।
यस बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै समयसापेक्ष ग्राहकमैत्री एवं प्रोत्साहनमूलक योजनाहरू ल्याउदै आएको सर्वविदितै छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंङ्किङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २ हजार ३ सयभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहकहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मूर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कूल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो ।


















