काठमाडौं। १५ भाद्र । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा सोमबार १२ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।
आइपीओ बाँडफाँटमा २५ हजार ६ सय २० जनाले ४० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, ४८ हजार २ सय २१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९ सय ४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४ सय ९९ वटा आवेदन परेको थियो । जसमा १ सय २६ वटा आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३ सय ७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
लिबर्टी इनर्जीले लमजुङ जिल्लाको ढोडेनी र फलेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ । आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पूरा भएको जनाइएको छ ।
आईपीओको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् र कम्पनीमा लिबर्टी इनर्जी इन्ट्रि गरी आफ्नो बीओआईडी भरेर सर्च गर्नुहोस् ।


















