काठमाडौं, १७ भाद्र । नेपालको सेयर बजारमा बुधबार नयाँ रौनक छाएको छ । देशमा कोरोना संक्रमणको त्रासले बन्दाबन्दी रहे पनि बुधबार सेयर बजारमा भने चमक देखियो ।
बुधबार नेप्से परिसूचकमा २५.५८ अंकको सुधार भयो र नेप्से परिसूचक १५१०.५७ अंकमा पुगेर रोकियो ।
यस दिन १ सय ८६ कम्पनीका ९६ लाख ८६ हजार ९ कित्ता सेयरको ४५ हजार २ सय ७२ पटकको किनबेचमा ४ अर्ब १८ करोड १० लाख ३६ हजार १ सय १५ रुपैयाको कारोबार भयो ।

कारोबार रकमका हिसाबले नेपाल स्टक एक्सचेञ्जको कारोबार इतिहासमा यो तेस्रो बढी कारोबार हो ।
कोरोना भाइरसको त्रासको कारण अनलाईन माध्यमबाट भएको कारोबारले नेपालको सेयर बजार प्रविधिमैत्री बन्दै गएको छनक दिएको छ भने सेयर बजार नेपाली अर्थतन्त्रको एक भरपर्दो र अभिन्न अंगको रुपमा विकसित हुँदै गएको पनि पुष्टि गरेको छ ।

बुधबार नेपालको सेयर बजारका दर्जन उपसमूह मध्ये जीवन र निर्जीवन बीमा उपसमूहमा केही करेक्सन देखिएको छ भने बाणिज्य बैंक,विकास बैंक, फाइनान्स, लघुवित्त,होटल,जलविद्युत,उत्पादनमूलक,ब्यापार,म्युचुअल फड र अन्य उपसमूहको परिसूचक बढेका छन् ।
बुधबार लगानीकर्ताको ध्यान हाइड्रोपावरतर्फ मोडिएको देखिन्छ । यस दिन थुप्रै कम्पनीहरुको भाउ १० प्रतिशतले बढेर सर्किट बे्रक लागेको छ । सर्किट लाग्ने अधिकांश हाइड्रोपावर कम्पनीहरु नै रहेका छन् ।
यस दिन अरुण भ्याली जलविद्युत, राँधी, जोशी, युनाइटेड,ड.ादी, पाँचथर,अपि, चिलिमे, यूनियन हाइड्रो र रिडी जलविद्युत कम्पनीको सेयर सर्किट लाग्ने गरेर बढेको थियो ।
प्रभु,प्रुडेन्सियल,सगरमाथा इन्स्योरेन्स,सूर्य लाईफ,लुम्बिनी,नेको,प्रिमियर र एशियन लाईफ इन्योरेन्स तथा मल्टिपर्पोज फाइनान्स र नेपाल फाइनान्स लगायतका कम्पनीहरुको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ ।
बुधबार कारोबार रकमका हिसाबले सबैभन्दा धेरै नेपाल पुनर्बीमा, शिखर, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ,नेको,लाईफ इन्स्योरेन्स कम्पनी,एनआईसी एशिया,शिवम्,हिमालयन डिष्टिलरी र नेपाल बैंक लिमिटेड लगायतका कम्पनीहरुको कारोबार बढी भएको थियो ।
Top Turnovers
| Symbol | Turnover | LTP |
|---|---|---|
| NRIC | 674,242,272.00 | 901.00 |
| SICL | 177,528,509.00 | 1,295.00 |
| NLICL | 165,194,220.00 | 777.00 |
| NLIC | 157,557,448.00 | 1,385.00 |
| NIL | 146,705,404.00 | 772.00 |
| LICN | 146,013,687.00 | 1,472.00 |
| NICA | 115,280,854.00 | 599.00 |
| SHIVM | 114,809,777.00 | 741.00 |
| HDL | 104,658,548.00 | 1,829.00 |
| NBL | 88,839,385.00 | 299.00 |


















