Prakash Adhikari September 3, 2020

 

काठमाडौं, १८ भाद्र । रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ, मच्छिन्द्रनाथको रथ यात्रा रोक्ने निर्णय

उहाका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो ।

कर्फ्यू बल्खु पुलदेखी मनहरा पुलहुदै महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुनेछ । त्यो क्षेत्रभन्दा बाहिर भने कर्फ्यू आदेश लागु नहुने जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

Share Now

Leave a comment.