Prakash Adhikari September 5, 2020

मुम्बई(भारत),२० भाद्र । भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्तीका भाइ र सिंहका व्यवस्थापकलाई पक्राउ गरेको छ।

घटना अनुसन्धानका क्रममा अभिनेत्री रियाका भाइ शौविक चक्रवर्ती र सिंहका व्यवस्थापक श्यामुअल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले गिरफ्तार गरेको हो।

बीबीसी हिन्दीका अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो।

घटनाबारे सीबीआईले अनुसन्धान गरिरहेको छ तर एनसीबीले गरेको यो पक्राउ ड्रग्स कारोबारका सम्बन्धमा हो।

सीबीआईले गरेको अनुसन्धान क्रममा लागुपदार्थको कारोबारमा संलग्न व्यक्तिबारे जानकारी प्राप्त भएपछि एनसीबीले अनुसन्धान थालेको थियो।

रियासँग अनुसन्धान गर्ने क्रममा बलिउडमा लागुऔषध विकृति पनि ब्याप्त भएको पत्ता लागेको थियो।

रियाले भारतीय संचारमाध्यमसँग सुशान्तले ड्रग्स लिने गरेको बताएकी थिइन्। यसबीचमा रियाले स्यामुल मिरिन्डा, जया शाह र गौरव आर्यासँग वाट्सएपमा गरेको च्याट अनुसन्धान गर्दा बलिउडमा ड्रग्सको धन्दा हुने गरेको प्रहरीले थाहा पाएका छन्।

हाल लागुऔषधविरुद्धको संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरोले रियाविरुद्ध आपराधिक मामिलामा मुद्दा हालेको छ।

रियाले पनि लागुऔषध लिने गरेको र बलिउडमा फारोख सिख र बकुल चन्डालिया नाम गरेका दुई व्यक्तिले ड्रग्सको धन्दा चलाउने गरेको अनुसन्धानमा पत्ता लागेको छ।

यसबीचमा भारतका संचारमाध्यमले बलिउडमा लागुऔषधबारे विभिन्न रिपोर्टहरु तयार पारेका छन्।

जहाँ हरेक बलिउडकर्मीले लागुऔषधको प्रयोग गर्ने खुलेको छ। लागुऔषध बिना कलाकारले सुटिङ गर्न नसक्ने बलिउडकर्मीसँग काम गरेका प्राविधिकहरु बताउँछन्। गत जुन १४ का सुशान्त सिंह मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए।

प्रहरीले यसलाई आत्महत्या भनेको भए पनि सुशान्तका बुबाले सुशान्तकै प्रेमिका रिया चक्रवर्तीप्रति शंका गर्दै प्रहरीमा उजुरी दिएका थिए।एजेन्सी

Share Now

Leave a comment.