Prakash Adhikari September 7, 2020

 

ब्रायन लारा स्टेडियम(ट्रिनिडाड एण्ड टोबाको) २२ भाद्र । क्यारेबियन प्रिमियर लिग २०२०(सीपीएल २०२०) अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेन्ट लुसिया जुक्ससंग ११ रनले पराजित हुँदै सेमिफाइनल पुगेको छ।

ब्रायन लारा स्टेडियममा टस जितेर व्याटिड. रोजेको सेन्ट लुसियाले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो।

रसेल र पावेल खाता खोल्न नसक्नु जमैकाको दुर्भाग्य

CPL 2020, Match 8 Report: Andre Russell Blitz Fails To Save Jamaica Tallawahs As Amazon Warriors Make History

लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि ओपनर ग्लेन फिलिप्सले उत्कृष्ट लय कायमै राख्ने क्रममा सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३६ बलमा उनले ४ चौका र १ छक्का हिर्काए। पहिलो विकेटको लागि उनले जर्माइन ब्ल्याकवुडसंग ८४ रनको साझेदारी गरे। ब्ल्याकवुडले २५ रन बनाए।

अफगानिस्तानका चाइनाम्यान बलर जाहिर खानले फिलिप्सलाई १२ औं ओभरमा तथा १४ औं ओभरमा रोभम्यान पावेल र आन्द्रे रसेललाई लगातार बलमा आउट गरेपछि सेन्ट लुसिया खेलमा फर्केको थियो। रसेल खाता नखोली पहिलो बलमै आउट भए। ८४ / ० बाट जमैका १०३ / ७ को अवस्थामा पुगेको थियो।

त्यसपछि तल्लो क्रममा निकोलस किर्टोनले १५ बलमा एक चौका र २ छक्काका मद्दतले २५ रन बनाउनु बाहेक जमैकाका अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। सन्दीप लामिछाने पनि पहिलो बलमा खाता नखोली केसरिक् विलियम्सबाट क्याच आउट भए।

सेन्ट लुसियाको बलिंगमा जाहिर खान र जाभेल ग्रिनले समान ३ विकेट तथा केसरिक् विलियम्सले २ विकेट लिए।

सेन्ट लुसियाको ब्याटिंग

 

यस अघि टस जितेर ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। उसको लागि नाजिबुल्लाह जर्दानले ३ छक्का र १ चौकाका सहायताले २५ बलमा सर्वाधिक ३५ रन बनाए । ओपनर रखिम कर्नवाल र रोस्टन चेजले ३२ रन बनाए। कर्नवालले २९ बलमा २ चौका र ३ छक्का तथा चेजले अविजित रहँदै ३६ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए।

जुक्सलाई रोक्ने क्रममा जमैकाको बलिंगमा मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए । फिडेल एड्वार्ड्स, भिरासामी पर्मल, कार्लोस ब्राथवेट र सन्दिप लामिछानेले समान १ । १ विकेट लिए। सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए।

सेमिफाइनलको यात्रा

Caribbean Premier League

दुवै टिमलाई यो खेलको नतिजाले भने कुनै फरक पारेन। दुवै टिम यस अघिनै सेमीफाइनलमा स्थान बनाईसकेका छन्। लिगको पहिलो सेमीफाइनामा सेप्टेम्बर ८ तारिख मंगलबार ट्रिनबागो र जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो सेमीफाइनलमा बुधबार बिहान गायनाले सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्नेछ।

यो संगै प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ। जमैकाले १० खेल खेल्दा मात्र ३ जित हात पार्न सकेता पनि अंकतालिकामा चौथो रहँदै सेमीफाइनलमा भने पुग्न सफल भयो। नतिजाविहिन रहेको १ खेलबाट प्राप्त गरेको १ अंक जमैकाको लागि फाइदाजनक रह्यो। उक्त अंक नभएको भए पाँचौ स्थानमा रहेको बार्बेडोससंग जमैकाको बराबर ६ अंक हुने थियो।

सन्दीपको लय कायमै

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग २०२० मा आफ्नो उत्कृष्ट लयलाई कायमै राखेका छन्। लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीप १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे।

अन्तिम खेलमा उनले  आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए।

सन्दीपले पहिलो ओभरमा ७ रन खर्चेर १ विकेट लिएका थिए । खेलको आठौं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले ७ रन खर्चेर १ विकेट लिए ।

११ औं ओभरमा दोश्रो स्पेल लिएर आएका सन्दीपले यो ओभरमा उत्कृष्ट बलिंग गरे । उनले यो ओभरमा ५ बल डट गरे।

१३ औं ओभरमा तेस्रो स्पेल लिएर आएका नेपाली खेलाडी सन्दीपले यो स्पेलमा गज्जब नै गरे । उनले यस ओभरका ६ वटै बल डट फाले र सीपीएलको इतिहासमा आफ्नो मेडन ओभरको नाम अंकित गरे ।

१५ औं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपलाई नजिबुल्लाह जर्दानले ओभरको तेश्रो बलमा चौका प्रहार गरे। उनले पाँचौ बलमा छक्का प्रहार गरे। यो ओभरमा उनले २ बल भने डट फालेका थिए । एक ओभरमा १२ रन जारी सीपीएल २०२० मा सन्दीपको लागि पनि महँगो ओभर मानिएको छ।

यस अघि ट्रिनबागो नाइट राइडर्ससंगको खेलमा उनले एकै ओभरमा ११ रन खर्चेका थिए।

सेन्ट लुसियाविरुद्ध १ विकेट लिएपछि सन्दीपले सीपीएलको २०२० को संस्करणमा आफ्नो विकेट संख्या १२ पुर्याएका छन्। उनी अहिलेसम्म धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्।

Share Now

Leave a comment.