काठमाडौं, २२ भाद्र । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ९ सय ७९ जना सङ्क्रमित हुनुको साथै थप ११ जनाको मृत्यु भएको द्ध ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ।
अहिलेसम्म नेपालमा एक चिनियाँ र भारतीय नागरिकसहित ३ सय जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३० हजार ६ सय ७७ जना निको भएका छन्।
अहिले देशभरि १६ हजार २ सय ५९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ७ हजार १ सय ९० जना घरमै र ९ हजार ६९ जना संस्थागत आइसोलेशनमा छन्।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यन्त्र भन्दा बढी छ।
को हुन् सङ्क्रमित र मृतक ?
सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
सङ्क्रमितमध्ये ३ सय ३८ जना महिला र ६ सय ४१ जना पुरुष छन्।
काठमाडौं उपत्यकामा थपिएका सङ्क्रमितको सङ्ख्या धेरै छ।
यसरी बढिरहेको छ सङ्क्रमण। नेपालमा कोरोनाभाइरस।
त्यसैगरी मोरङमा ३९, सुनसरीमा ६५, धनुषामा ४४, सिराहामा ४१, मकवानपुरमा ७३, कास्कीमा ३०, बर्दियामा ४१, बाँकेमा ४२ र रूपन्देहीमा ४१ जना छन्।
अन्य विवरण
विगत २४ चौबीस घण्टामा ९ हजार २ सय १८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताउनुभयो।
उहाँका अनुसार सो अवधिमा १ हजार ७ सय ३६ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएका थिए।
निको कुल सङ्क्रमितको ६५ प्रतिशत पुगेको छ।
अहिले देशभरि ४ हजार ७ सय जनाभन्दा केही बढी मानिस क्वारेन्टाइनमा छन्।
भदौ २१ गते आइतवार ९ सय ८० जनामा सङ्क्रमण पुष्टिर नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो। भदौ १६ देखि २० गतेसम्म प्रत्येक दिन एक हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए।
गत भदौ १९ गते मन्त्रालयले १ हजार ३ सय ५९ जनामा सङ्क्रमण र १४ जनाको मृत्यु भएको पु्ष्टि गरेको थियो। त्यो नै अहिलेसम्म एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।


















