काठमाडौं, २२ भाद्र । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल बैठक न्यूनतम योजना र दीर्घकालीन उपयोगिता सम्बन्धी ९ वटा निर्णय गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख रहेको सूचना,सञ्चार तथा विभागले ६ वटा उपसमितिको संयोजक तोकेको छ भने दुई कार्यदल पनि गठन गर्ने निर्णय गरेको छ ।
विभागले पार्टी आसन्न घोषित महाधिवेशनलाई दृष्टिगत गरी न्यूनतम् योजना र अधिकतम दीर्घकालीन उपयोगिताको नीति अनुरुप काम गर्ने रणनीति अख्तियार गरेको प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभएको छ ।
बैठकका निर्णयहरु
१) विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति लिंदै सोही अनुरुप कार्य गर्ने ।
२) निर्णय नं. १ ले तय गरेको नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने ।
३) निर्णय नं २ मा तय गरिए बमोजिम ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथासिध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने ।
४) प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को ९ज० बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
सो अनुरुप निम्न उपसमितिमा विभागका निम्न साथीहरूलाई संयोजकको जिम्मेवारी बैठकले सुम्पिएको छ ।
१) वेबसाईट संयोजन उपसमिति- गोवर्धन राना मगर ।
२) छ्हारी संवाद संयोजन उपसमिति- डा. सुरेश आचार्य ।
३) प्रविधि संयोजन उपसमिति- ई. दिपेश विष्ट ।
४) टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमिति- नीर शाह ।
५) रेडियो नेटवर्क सूचना संयोजन उपसमिति- गोपाल झा ।
६) नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति- दिनेश थापा मगर ।
५) विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा कृयाशिल रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा बिषयगत योग्यताका साथीहरू थप समाविष्ट गर्दै विभागमा रहेका साथीहरूको प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
६) बिषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ ।
७) कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ ।
नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झालाई बैठकले संयोजकको अभिभारा सुम्पिएको छ ।
८) दुई कार्यदल गठन गर्ने निर्णय
क) भिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरंग नेपालीलाई अध्ययन कार्यदल संयोजकको अभिभारा बैठकले सुम्पिएको छ ।
ख) पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधि मार्फतको बिशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विभागका सदस्य श्री विकल राईलाई कार्यदल संयोजकका रूपमा बैठकले जिम्मेवारी सुम्पिएको छ ।
९) नेपाली काँग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा २५ (९)बमोजिम भाद्र १७ गते नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहुनभएको सूचना, संचार तथा प्रचार विभागमा गोबर्धन राना मगर, तनहुँ, बजरंग नेपाली, महोत्तरी, डा. सुरेश आचार्य, सिन्धुली , नीर शाह, काठमाडौं, नन्दकृष्ण जोशी, बझाङ्ग, युवराज गिरी, रुपन्देही, कन्हैयालाल केशरी, पर्सा, जितेन्द्र यादव, रौतहट विमल ठकुरी, काठमाडौं, हेमन्त कर्माचार्य, बांके, गोविन्द कोइराला, सुर्खेत, विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम,डा. श्री अञ्जनी झा, महोत्तरी, समीरजंग शाह, जाजरकोट, गोपाल झा, महोत्तरी, मीनबहादुर भाम, मुगु, विष्णुमणि घिमिरे, सर्लाही,सन्तोष चौधरी थारु, सिरहा, प्रफुल्ल घिमिरे, धनुषा, सुश्री अञ्जना अर्याल, नुवाकोट, ई. श्री दिपेश विष्ट, काठमाडौं, डा. सञ्जय महतो थारु, चितवन, श्री राजकाजी गुरुङ, कास्की, रामचन्द्र घिमिरे, काठमाडौं, मधुकर खनाल, काभ्रे, गोविन्द परियार, तनहुँ, विमलचन्द्र विष्ट, ललितपुर, दिनेश थापा मगर, सिन्धुपाल्चोक, विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार), नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान), चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल),डा.श्री देशराज संयोक लिम्बू ९विदेश क्षेत्र, अमेरिका, बीरेन्द्र बिजुक्छे, कास्की, बसन्त रोकाय, हुम्ला, विपेन्द्र गौतम, पाँचथर, ई. सुसन बैद्य, काठमाडौं, रोहित विश्वकर्मा, भोजपुर, श्री कल्प पौडेल, पाल्पा, देवेन्द्र गौतम, झापा, मोहमद वजीह अर्सद, कपिलवस्तु, तेजशंकर भट्ट, कैलाली, श्रीमती राधा क्षेत्री, पर्वत, टेकराज अवस्थी, डोटी, सुश्री अनिता शर्मा, पश्चिम नवलपरासी, भेषबहादुर थापा, दैलेख, रमेश जोशी, डडेल्धुरा, सागर श्रेष्ठ, सिन्धुपाल्चोक, विकल राई, खोटाङलाई सदस्य नियुक्त गरी डा. श्री सुरेश आचार्यलाई उपप्रमुख र सचिवमा दिनेश थापा मगरलाई मनोनयन समेत गर्नु भएको थियो ।


















