Prakash Adhikari September 9, 2020

काठमाडौं, २३ भाद्र। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आफ्नो स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आफू होम आइसोलेशनमा बसेर स्वास्थ्यलाभ गरिरहेको र थप कुनै समस्या नदेखिएको उहाँले बताउनुभएको छ।

https://twitter.com/sashank_koirala/status/1303318732966563846

महामन्त्री  डा. कोइरालाको कोरोना पोजेटिभ देखिएसँगै उहाँको कन्ट्याक्ट ट्रेसिङमा रहेका सबैको स्वाब परीक्षण गरिएको उहाँका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभएको छ।

महामन्त्री डा.  कोइराला आफ्नै पत्नी डा. सुपात्रा कोइरालाको निगरानीमा स्वास्थ्यलाभ गरिरहनुभएको छ।

सामान्य ज्वरो आएपछि महामन्त्री  डा. कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। रिपोर्ट पोजेटिभ आएपनि  महामन्त्री  डा.  कोइरालालाई कोरोनाको अन्य लक्षणहरु भने नदेखिएको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभएको छ।

https://www.facebook.com/officialdrshashank/posts/696207747650731

महामन्त्री  डा.  कोइरालाले पनि मंगलवार साँझ आफूलाई कोरोना पोजेटीभ भएको जानकारी ट्वीटर र फेसबुक मार्फत दिनुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसहित विभिन्न राजनीतिक दलका नेता र शुभेच्छुकहरुले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

https://www.facebook.com/sirjan.abiral.1/posts/3587521377946383

Share Now

Leave a comment.