Prakash Adhikari September 9, 2020

 

ब्रायनलारा स्टेडियम(ट्रिनिडाड एण्ड टोवाको), २३ भाद्र । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज जारी क्यारेबियन प्रिमियम लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

मंगलबार राती सम्पन्न सेमिफाइनल खेलमा जमैकालाई ९ विकेटले सहजै पराजित गर्दै काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्स करेबियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ।

लिगमा ११ औं खेलमा अपराजित यात्रा कायम गर्दै ट्रिनबागोले तेश्रो पटक फाइनल यात्रा तय गरेको हो। यस अघि २०१७ र १८ मा ट्रिनबागो फाइनल पुगेको थियो र दुवै संस्करणको उपाधि जित्न सफल भएको थियो।

ब्रायन लारा स्टेडियममा सम्पन्न सेमीफाइनलमा जमैकाले दिएको १ सय ७ रनको लक्ष्य ट्रिनबागोले मात्र १ विकेट गुमाएर १५ ओभरमा पूरा गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा ४ रन बनाएका ओपनर सुनिल नारायणलाई दोश्रो ओभरमा मुजिब उर् रहमानले बोल्ड गरेता पनि त्यसपछि जमैकाका बलरले विकेट निकाल्न सकेनन। अर्का ओपनर लेन्डल सिमोन्सले टाएन वेबस्टरसंग दोश्रो विकेटको लागि अविजित ९७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

https://www.facebook.com/sigsantosh/videos/327254231697640/

सिमोन्सले ४४ बलमा ६ चौका र २ छक्काको सहायताले अविजित ५४ रन बनाए भने वेबस्टरले ४३ बलमा ६ चौका र १ छक्काको सहायताले अविजित ४४ रन बनाए।


लेन्डल सिमोन्सले सर्वाधिक ५४ रन बनाए

जमैकाको लागि मुजिब उर् रहमानले १ मात्र विकेट लिए जुन क्रममा ३ ओभरमा १८ रन खर्चिए।

रसेल रोकिनु जमैकाको दुर्भाग्य

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनायो ।

जमैकाको लागि क्रुमाह बोनरले सर्वाधिक ४१ रन, कप्तान रोभम्यान पावेलले ३३ तथा कार्लोस ब्राथवेटले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। जमैकाले पहिलो २५ रनमा ४ विकेट खेर फालेको थियो । पावेल र बोनरले ३८ रनको साझेदारी गरेका थिए। वेष्ट ब्याट्सम्यान कहलिएका ग्लेन फिलिप्स २ तथा आन्द्रे रसेल २ रनमा आउट हुनु नै उसको सीपीएल २०२० को यात्रा छोटिनुको कारण बन्न पुुग्यो ।

Image

ट्रिनबागोको बलिड.

ट्रिनबागोको बलिंगमा अकेल होसेनले ४ ओभरमा एक मेडन ओभर गर्दै ३, खरी पीएरेले २ तथा सुनिल नारायण र फवाद एहमदले समान १ । १ विकेट लिएका थिए।

लिग अन्तर्गत दोश्रो सेमीफाइनल बुधबार बिहान सेन्ट लुसिया जुक्स र गायना अमेजन वारियर्स बीच खेलिनेछ जसको विजेताले बिहिबार फाइनलमा ट्रिनबागोको सामना गर्नेछ।

सन्दिप पहिलो पटक विकेटविहिन

करेबियन प्रिमियर लिग २०२० मा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने पहिलो पटक विकेटविहिन भएका छन्। लिग अन्तर्गत यस अघि १० मध्ये ९ खेलमा बलिंग गरेका सन्दीपले सबै खेलमा विकेट लिने क्रममा १२ विकेट लिएका थिए। लिगको अन्तिम खेलमा जमैका पराजित भएपछि सन्दीपले सीपीएलमा कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै ११ विकेट लिंदै यो वर्षको सिपिएल यात्रा समाप्त गरे।

सन्दीपको प्रदर्शन

पाँचौ ओभरमा बलिड. गर्न आएका सन्दीपले पहिलो स्पेलमा ५ बल डट फाले । यो ओभरमा एक चौका र एक वाइड बलका कारण उनले ५ रन बनाउन दिए । सातौं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपलाई अन्तिम बलमा टायन वेब्स्टरले छक्काले ओभरमा बिदाई गरे। उनले दोस्रो स्पेलमा ३ डट बल गरे भने २ वटामा १।१ रन दिए। दोस्रो स्पेलमा ८ रन दिए ।

नवौं ओभर बलिंग गर्ने क्रममा सन्दिपले ९ रन खर्चिए। अन्य बल राम्रो गरेता पनि उनले चौथो बलमा लगातार वाइड बल गरेका थिए। सन्दिपको गुगली लेग स्टम्प भन्दा बाहिर गएपह्चि दोश्रो पटक वाइडमा २ रन अतिरिक्त पनि दिए। तर ओभरमा विकेटको मौका सिर्जना गर्न भने सन्दिप असफल रहे।

सन्दिपको १४ औं ओभरमा चौथो स्पेल लिएर आएका सन्दीपल यो ओभरमा एक चौकासहित ७ रन जोड्न दिए ।

४ ओभरको स्पेलमा लिगमै पहिलो पटक सन्दीप विकेटविहिन भएका सन्दीपले यो खेलमा २९ रन खर्चिए। लिगमा सन्दिपको यो दोश्रो महँगो स्पेल हो। यस अघि ट्रिनबागो बिरुद्ध पहिलो खेलमा सन्दिपले ३० रन खर्चेर १ विकेट लिएका थिए।

११ खेलमा १० इनिंग बलिंग गर्दै १२ विकेट लिएका नेपाली क्रिकेटर सन्दीप लिगको सर्वाधिक विकेटकर्ताको सूचीमा पाँचौ स्थानमा रहेका छन्। मुजिब उर् रहमान १६ विकेटसहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर १५ विकेटसहित दोश्रो, स्कट कग्लेजिन १४ विकेटसहित तेश्रो , तथा केसरिक् विलियम्स १३ विकेटसहित चौथो स्थानमा रहेका छन्।

Share Now

Leave a comment.