Prakash Adhikari September 15, 2020

 

काठमाडौं, ३० भाद्र । नेपालमा कोरोना भाइरस संक्रमणबाट संक्रमित हुनेको संख्या ५७ हजारको आसपास पुगेको छ भने यस घातक भाइरसको संक्रमणबा परेर २ सय ७१ जनाले जीवन गुमाइसकेका छन् ।

मङ्गलवार अपरान्हसम्म २४ घण्टामा गरिएको परीक्षणमा १हहजार ४ सय ५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र यस अवधिमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५६ हजार नाघेको छ।

सरकारका अनुसार अहिलेसम्म ३ सय ७१ जनाको कोरोना भाइरसको संक्रमण समेतले मृत्यु भएको छ।

अहिले देशभरि १५ हजार ७ सय ७९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ। त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

यसरी बढिरहेको छ सङ्क्रमण. नेपालमा कोरोनाभाइरस. .

अन्य विवरण
विगत २४ घण्टामा १० हजार ३ सय ७७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताउनुभयो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १ हजार ६२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।

CoronavirusNepal
अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

सोमवार मन्त्रालयले १ हजार १ सय ७० जनामा सङ्क्रमण र १५ जनाको मृत्यु पुष्टि गरेको थियो।

गत भदौ २६ गते मन्त्रालयले १ हजार ४ सय ५४ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो। त्यो यसअघि एकै दिनमा पुष्टि भएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या थियो। (बीबीसीबाट)

Share Now

Leave a comment.