काठमाडौं, २ असोज । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले असोज १९ गते विशेष साधारणसभा बोलाएको छ ।
बैंकले सञ्चालक समितिको संरचना परिवर्तन गर्न विशेष साधारणसभा बोलाएको हो ।
बैंकले विशेष साधारण सभा भिडियो कन्फ्रेन्समार्फत गर्ने र उपस्थित हुन चाहने सेयरधनीलाई जुम आइडी र पासवर्ड उपलब्ध गराइने बताएको छ ।
बैंकले सार्वजनिक गरेको सूचना अनुसार सरकारबाट मनोनित हुने ४ जना सञ्चालक मध्ये एक घटाएर ३ जना कायम गर्ने र साधारण सेयरधनीको तर्फबाट २ जना निर्वाचित हुने हालको व्यवस्थालाई परिवर्तन गरी ३ जना कायम गर्नका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गरिने छ ।