काठमाडौं, २ असोज । विद्युतीय काममा अनुभव भएका प्राविधिकहरुलाई निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनामा रोजगारीको अवसर खुलेको छ ।
आयोजनाको निर्माता चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिकल कर्पोरेशनले असोज १ गते एक आयोजना प्रबन्धक र १० ।१० जना सिभिल इलेक्ट्रिक,मेकानिकल र ब्लाष्टर टेक्निसियनको माग गरेको छ ।
प्रबन्धकको लागि सिभिलमा स्नातक गरी १० बर्षको अनुभव हुनुका साथै चिनिया र अग्रेजी भाषा जानेको हुनुपर्ने छ भने अन्य चारवर्गका प्राविधिकहरुको लागि १० कक्षासम्मको शिक्षा भए हुनेछ तर संबन्धित क्षेत्रमा २ बर्षको अनुभव भई चिनिया तथा अग्रजी भाषा जानेको हुनुपर्नेछ ।
आयोजनाले इच्छुक र योग्य उम्मेदवारहरुलाई ७ दिनभित्र आवेदन गर्न सूचित गरेको छ ।