धनगढी(कैलाली), २ असोज । कैलालीमा कार्यरत महिला पत्रकार निर्मला पहराई जंगलमा एक रुखमा झुण्डिएको र मृत मृत अवस्थामा भेटिएकी छन्।
कैलालीकै घोडाघोडी नगरपालिका–४ निवासी २४ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नं ५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी डिएसपी प्रतिक बिष्टले बताउनुभयो ।
घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।