Prakash Adhikari September 18, 2020

काठमाडौं, २ असोज । लघुवित्तको क्षेत्रमा काम गर्न चाहना राख्ने र योग्य व्यक्तिको लागि छिमेक र सामुदायिक लघुवित्तमा नयाँ अवसर आएको छ ।

छिमेक लघुवित्तले सातौ र आठौं तहका अधिकृत स्तरका कर्मचारीको माग गरेको छ । उसले सातौ तहका लागि चार्टर्ड एकाउण्टटेण्ट पास गरेको वा व्यवस्थापनमा स्नातक गरी सीएको क्याप २ आइपीसीसी लेभल सेमी क्वालिफाइड सीए उत्तीर्ण गरेको योग्यता भएका कर्मचारीको खोजी गरेको छ ।

त्यस्तै आठौं तहका लागि चार्टर्ड एकाउण्टेण्ट पास गरेको एक जना र कम्प्युटर इन्जिनियरिड. उत्तीर्ण गरी बैंकिड. क्षेत्रमा ३ बर्षको अनुभव हासिल गरेको एक जना माग गरेको छ ।

बैंकले उम्मेदवारहरुको उमेर २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने जनाएको छ । महिला उम्मेदवारको हकमा अधिकतम् उमेर थप ५ बर्ष कायम गरिएको छ ।

असोज १९ गते कार्यालयसमयभित्र आवेदन गरिसक्नुपर्ने छिमेकको आवश्यकतासम्बन्धी विवरण यसको वेभसाईट छिमेकबैक डट ओआरजी(Chhimekbank.org)मा पाइनेछ ।

यता सामुदायिक लघुवित्तले भने विभिन्न शाखामा काम गर्नका लागि चौथो तहका प्रबन्धक नायव प्रबन्धक र उपप्रबन्धक पदमा तीन तीन जना तथा तेस्रो तहको वरिष्ठ सामाजिक परिचालको लागि एक जना कर्मचारी माग गरेको छ ।

सामुदायिकले प्रबन्धकको निमित्त स्नातक तह उत्तीर्ण गरी २ बर्षको अनुभव वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई ४ बर्षको अनुभव वा एसएसलसी उत्तीर्ण भई ६ बर्षको अनुभव प्राप्त जनशक्ति खोजेको छ भने नायबप्रबन्धकको लागि स्नातक वा प्रवीणता प्रमाणपत्र तह पास भई ३ बर्षको अनुभव प्राप्त वा एसएलसी वा सोसरह पास भई ५ बर्षको अनुभव खोजेको छ । त्यस्तै उपप्रबन्धकको लागि स्नातक वा प्रवीणता प्रमाणपत्र तह पास भई २ बर्षको वा एसएलसी पास भई ४ बर्षको अनुभव खोजेको छ ।

सो लघुवित्तले तेस्रो तहको वरिष्ठ सामुदायिक परिचालकको एक स्थानको लागि स्नातक वा प्रवीणता तह पास गरी १ बर्षको वा एसएलसी पास गरी ३ बर्षको अनुभव प्राप्त जनशक्ति खोजेको छ ।

सामुदायिक लघुवित्तमा आवेदन गर्नेले असोज १६ गतेभित्र आवेदन पठाउनुपर्ने छ । उमेरको हकमा १८ बर्ष पूराभई ३५ बर्ष ननाघेको हुनुपर्ने र महिलाको थपमा थप ५ बर्षलाई मान्य हुने जनाइएको छ ।

आवेदन फारम र अन्य सूचना सामुदायिक बैंक डट कम डट एनपी(samudayikbank.com.np)बाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share Now

Leave a comment.