दुबई(संयुक्त अरब इमिरेट्स), ८ असोज । इण्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौं संस्करण अन्तरगत बिहिबार बेलुका भएको खेलमा किंग्स् ११ पञ्जाबले रोयल च्यालेञ्जर्सै बैंगलोरलाई ९७ रनको विशाल अन्तरले पराजित गरेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य बैंगलोरले हासिल गर्न सकेन । निकै कमजोर ब्याटिड. गरेको बैंगलोरले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
IPL 2020: RCB captain Virat Kohli fined for slow over-rate against KXIP pic.twitter.com/58s3xTLNop
— Mohammad Zaid (@iamzaid2021) September 25, 2020
बैंगलोरको ब्याटिंगमा वाशिंटन सुन्दरले ३०, एबी डी भिल्लियर्सले २८, आरोन फिंचले २० तथा शिभम् दुबेले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नभदीप सैनीले ६ रन बनाए भने कप्तान विराट कोहली ५ बलमा १ रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका देभदत्त पडिक्कल १ रनमा समेटिए भने यजुभेन्द्र चाहलले पनि १ रनभन्दा बढी जोड्न सकेनन् । जोश फिलिपे खाता नखोली आउट भए।
बैंगलोरलाई रोक्ने क्रममा पञ्जाबका रभी बिष्णोइ र मुरुगन आश्विनले समान ३ विकेट लिए। शेल्डन कटरेल, मोहम्मद शामी र ग्लेन म्याक्सवेलले समान एक एकविकेट लिए।
पञ्जाबको लोभलाग्दो ब्याटिड.
— Punjab Kings (@PunjabKingsIPL) September 24, 2020
खेलमा टस हारेर ब्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरका खेलमा ३ विकेट गुमाएर २ सय ६ रन जोडेको थियो।
पञ्जाबको ब्याटिड.मा ओपनिंग ब्याटिंग गरेका कप्तान केएल राहुलले अविजित शतक बनाए। लिगमा दोश्रो शतक बनाउने क्रममा राहुलले मात्र ६९ बलमा १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रन बनाए । पञ्जाबका लागि मायाक अग्रवालले २६, निकोलास पुरनले १७, करुण कलाधरन नायरले १५ र ग्लेन क्याक्सवेलले ५ रनको योगदान दिए ।
बैंगलोरको बलिंगमा शिभम् दुबेले २ र युजभेन्द्र चाहलले १ विकेट लिए। उमेश यादव, डेल स्टेन, वासिंगटन सुन्दर र डेल स्टेन विकेटविहिन रहे।
राहुलको कीर्तिमान
राहुलको १ सय ३२ रन आईपीएलमा भारतीय ब्याट्सम्यानको उच्च योगफल हो। लिग इतिहासमा उनको यो दोश्रो शतक हो। यस्तै लिग इतिहासमै कुनै पनि कप्तानले बनाएको यो उच्च स्कोर हो। यस अघि सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले २०१७ मा १ सय २६ रन बनाएर रेकर्ड बनाएका थिए। २०११ मा दिल्लीका कप्तान विरेन्द्र सेहवागले १ सय १९ रन बनाएका थिए। उनले आईपीएलमा २ हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि तोडेका छन् । यसपूर्व सो कीर्तिमान सचिन तेण्डुलकरले कायम गरेका थिए ।
अघिल्लो खेलमा दिल्ली क्यापिटल्ससंग सुपर ओभरमा पराजित भएको पञ्जाब दोश्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो।
पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको बैंगलोरको यो पहिलो हार हो।
लिग अन्तर्गत शुक्रबारको खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्। खेल रति ७ : ४५ बजे सुरु हुनेछ।
बैंगलोरले आगामी खेल मुम्बई बिरुद्ध सेप्टेम्बर २८ तथा पञ्जाब आगामी खेल सेप्टेम्बर २७ मा राजस्थान रोयल्स बिरुद्ध खेल्नेछ।
यो खेलपछि मुम्बईलाई पछि पार्दै पञ्जाब अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ। पञ्जाब, मुम्बई, राजस्थान, दिल्ली, चेन्नाई र बैंगलोरको समान २ अंक रहेता पनि नेट रन रेटमा पञ्जाब ( २.४२५ ) अघि रहेको हो।
लिगमा एक एक खेल खेलिसकेका सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सले जित हासिल गर्न सकेका छैनन् । चेन्नाई, मुम्बई र बैंगलोरले २ खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्। दिल्ली र राजस्थानले १/ १ खेल जित्दै अपराजित रहेको छ।


















