Prakash Adhikari September 25, 2020

प्रकाश अधिकारी

काठमाडौं, ९ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमै दर्ता भएर अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सलाई आफ्ना उडानको ‘ग्राउन्ड ह्यान्डलिङ’ (भूमिस्थ प्रबन्ध० आफैँ गर्ने अनुमति दिएपछि सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगममा खैलाबैला मच्चिएको छ ।

देशका ठूला पार्टीका ठूला नेताहरुको संलग्नतामा नयाँ जहाज खरिद तथा जहाजको मर्मत संभारमा गरिएका भ्रष्टाचार र आर्थिक अनियमिताले थिलोथिलो भएको निगमका लागि ग्राउड ह्याडलिड.नै तलब र भत्ता खाने भरपर्दो स्रोत बन्दै आइरहेको छ ।

निगमका उच्च पदस्थ कर्मचारीहरुका अनुसार यसका वाइड बडी, न्यारो बडी र आन्तरिक उडानका एम ए ६० तथा ट्विनओटर जहाजहरु सबैको उडान घाटामा चलिरहेका छन् । कर्मचारीलाई तलब भत्ता ख्वाउने भरपर्दो माध्यम नेपालमा सञ्चालन हुने अन्य वायुसेवालाई ग्राउण्ड ह्याण्डलिड. रहि आएको छ । नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय हवाई सेवा मध्ये थाइ एअरवेज र एअर इण्डियाले मात्र आफ्नो ग्राउण्ड हेण्डलिड. सेवा सञ्चालन गर्ने अनुमति पाएका छन् । अन्य २६ विदेशी वायुसेवा कम्पनीको ‘ग्राउन्ड ह्यान्डलिङ’ नेपाल वायु सेवा निगमले गर्दै आएको छ ।

नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ’ बाट मात्र वार्षिक झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्दछ । नेपाल वायुसेवा निगमले पछिल्लो ५ वर्षमा ‘ग्राउन्ड ह्यान्डलिङ’ बाट १७ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

ग्राउण्ड हेण्डलिड. सेवा अन्तरगत विमानस्थलबाट विभिन्न विमानका उडानबाट यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, सामान तौलने, ब्यागेज व्यवस्थापन गर्ने, यात्रुहरुलाई विमानसम्म गाडीमा लैजाने, ट्रान्जिट कार्गो व्यवस्थापन, फ्लाइट अपरेसन्स एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ भित्र पर्ने गर्छन् ।

हिमालय एअरलाइन्सको १ सय ८० आसपास सीट क्षमता भएका एयरबस ३२० विमानको ग्राउण्ड ह्याण्डलिड. गर्दा नेपाल वायुसेवा निगमले यात्रु संख्यामा आधारमा १ लाख ८० हजारदेखि दुई लाख २० हजार रुपैयाँसम्म शुल्क लिँदै आएको छ । यस हिसाबले हिमालयनले आफ्नो विमानको भूमिस्थ प्रबन्ध आफै गरेपछि निगमले दैनिक १० लाख रुपैयाँ आम्दानी गुमाउने छ ।

निगमका कर्मचारीको त्रास

नागरिक उड्डयन प्राधिकरणले हिमालय एअरलाईन्सलाई ग्राउण्ड ह्याण्डलिड. व्यवसायको अनुमति दिएपछि निगमका कर्मचारीहरु भने त्रसित हुन थालेका छन् । आफ्नो विमानको ग्राउण्ड ह्याण्डलिड.को अनुमति पाएको हिमालय एअरलाइन्समा चीनको तिब्बत एअर र नेपालको यति समूहको लगानी रहेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नै घरमा पार्टी कार्यालय राख्न दिएर, नेताहरुको खर्चपर्च बन्दोबस्त गरेर नेताहरुको वैध तथा अवैध आर्जनको सम्पत्ति व्यवस्थापन गरेर सो पार्टीलाई मुठीमा राखी मदारीले बाँदर नचाए झै नचाउदै आउनुभएका यति समूहका प्रमुख लाक्पा सोनाम शेर्पासंग निगमका कार्यकारी अध्यक्ष, बोर्ड सदस्य र व्यवस्थापन समूहका उच्च पदस्थ कर्मचारीहरु तर्सने गर्दछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आर्जन गरेको वैध वा अवैध सम्पत्तिको व्यवस्थापन यति समूहका मालिक सोनाम शेर्पा र दिवंगत आड.छिरिड. शेर्पाले गर्दै आएकोले उहाँहरुले राखेको कुनै पनि व्यापारिक वा व्यवसायिक प्रस्तावको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टीको सरकार जान सक्ने अवस्था छैन् । हिमालयन एअरलाइन्सले व्यवसायिक उडान अनुमति नपाउदै हिमालय एयरलाइन्सको चार्टर विमानमार्फत औपचारिक भ्रमण गरेर समस्त नेपालीलाई यति समूहसंगको आफ्नो खास सम्बन्धको परिचय प्रधानमन्त्री ओलीले दिनुभएको थियो ।

How Yeti Group benefited from its connections with PM Oli

प्रधानमन्त्री ओली र नेकपाका नेताहरुसंगको खास सम्बन्धले हिमालय एअरलाइन्स र यति समूह जाग्ने र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम धराशायी हुने हो कि भन्ने आशंका कर्मचारीहरुले व्यक्त गरेका छन् ।

लामो समयदेखि पर्यटन मन्त्री ल्याउने र हटाउने, सचिवदेखि विभागीय प्रमुखहरुको सरुवा, बढुवा र पदस्थापन गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख र बोर्डका सदस्यहरुको नियुक्ति यति समूहको इशारामा हुने गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरु बताउछन् ।

उनीहरुका अनुसार हवाई सेवा सञ्चालन र पर्वतारोहणसम्बन्धी निर्णय गर्ने स्थानमा सो समूहको खास रुचि रहने गरेको छ । मन्त्रालयका कर्मचारीहरु जुन पार्टीको सरकार आएपनि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको सञ्चालका समितिमा पनि यति समूहका प्रतिनिधिहरु निरन्तर पर्ने गर्दछन् ।
यति समूहले अन्तराष्ट्रिय उडानमा हात नहाल्दासम्म निगमको आन्तरिक सेवालाई प्रभावहिन बनाएर आफ्नो यति एअरलाइनसको व्यापार सञ्चालन गरेको आरोप लाग्दै आएको थियो । यति समूहले निगमकै आन्तरिक उडानको जहाज भाडामा लिएर व्यवसायिक उडान पनि गरेको थियो ।

अहिले आन्तरिक सेवामा झन रमाइलो स्थिति सिर्जना भएको छ । केही समय पहिले निगमको सञ्चालक समितिले नेपालले सहुलियत कर्जामा चीनबाट ल्याएको चार थान वाई १२ र दुई थान एमए ६० जहाजहरु मर्मतसंभार खर्च बढी भएको, स्पेयर पार्टस्हरु नपाइने, बीमा शुल्क महंगो भएको कारण जनाउदै व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भएकोले कि भाडामा दिने कि बेच्ने सिफारिस गर्दै निगमले सबै जहाज थन्क्याएको छ ।

निगमका आन्तरिक उडानका सबै जहाज थन्किएपछि कसलाई फाइदा पुगेको छ ? त्यो घाम जस्तै छर्लड.ग छ । निगमको सञ्चालक समितिको निर्णय केलाउने भने बग्रेल्ती अमिल्दा कुराहरु पाइन्छन् । भाडामा दिने हो भने भाडामा दिनेले चलाउन सक्ने तर नेपाल वायुसेवा निगमले चलाउन नसक्ने कारण के हो ? बेच्ने हो भने किनेर लैजानेले चलाउन सक्ने तर निगमले चलाउन नसक्नुको कारण के हो ?जहाँ सम्म स्पेयर पार्टस्को कुरा छ, निगमका पदाधिकारीहरुको तर्क किन पत्यार लाग्दो छैन भने आज अर्डर गरे भोली सामान तयार पार्ने चिनिया व्यापारी र उत्पादकहरुले उनीहरुको देशमा चलिरहेको र संसारका दर्जनौ देशमा सैनिक र सिभिलियन उपयोगमा निर्वाध चलिरहेका यी जहाजहरुको स्पेयर पार्टस् नेपालमा किन मगाइएको छैन?

पाइलट र प्रशिक्षक पाइलटको समस्या पनि देखाइएको छ तर यी जहाजहरु ट्वीन ओटर जहाज चलाउने पुराना पाइलटहरुले नेपालका कठिन हिमाली क्षेत्रका सबै एअरपोर्टमा सुरक्षित रुपमा उडान र अवतरण गरी व्यवसायिक रुपले सञ्चालन गरेको र केही नयाँ पाइलटहरुले पनि कुशलतापूर्वक सञ्चालन गर्नुको साथै ट्वीन ओटर जहाजको उडानको अनुभव अन्तर्राष्ट्रिय उडानका वोइड र एअरबसको उडानमा पनि उत्तिकै सहयोगी र उपयोगी हुनाले यी जहाजहरु थन्क्याउन पर्ने अवस्थामा नपुगेको दावी निगमकै कर्मचारीहरु गर्दछन् ।

सबै मोर्चामा यति

नेपाल वायुसेवा निगमले व्यवसाय गर्ने आन्तरिक उडान,अन्तर्राष्ट्रिय उडान र ग्राउण्ड ह्याण्डलिड.मा समेत यति समूहले हात हालेपछि निगमका कर्मचारीहरु आफ्नो संस्थाको भविष्यप्रति चिन्तित पनि भएका छन् । नेपाल वायुसेवा निगम कर्मचारी संघका तर्फबाट अध्यक्ष मानबहादुर कुँबरले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विदेशी लगानीमा सञ्चालित एअरलाइन्सलाई नेपाल वायुसेवा निगमले सम्हाल्दै आएको कामको जिम्मेवारी दिनेकार्य निगमको हित विरुद्ध भएकोले सो निर्णय फिर्ता गराउन आवश्यक पहल गर्न समस्त कर्मचारी र कार्यकारी अध्यक्ष समेतलाई आह्वान गर्नुभएको छ ।

निगमका कर्मचारीहरु जसरी आन्तरिक उडान सेवामा निगमलाई कमजोर पारेर निजी क्षेत्रलाई पोस्ने काम भैरहेको छ, त्यही स्थिति अन्तर्राष्ट्रिय उडान र ग्राउण्ड हेण्डलिड.मा पनि दोहोरिने भयले त्रसित छन् ।

निगमका उडानमा पहिले टिकट छैन भनेर यात्रु फर्काउने र विमान रित्तै उडाउने गरेका घटनाहरु प्रशस्त सुनिदै आएका छन् । निगमका ग्राउण्ड ह्याण्डलिड.का सामान विगार्ने वा विभागीय कर्मचारीहरुलाई प्रलोभनमा पारेर निगको सेवा अप्रभावकारी बनाउदै आफ्नो सेवा विस्तारमा यति लाग्यो भने उसलाई कसैले रोक्न सक्ने देखिदैन् । निगमले प्राधिकरणसंग गरेको ५ बर्षे ग्राउण्ड ह्याण्डलिड.को करार अवधि २०७८ जेठसम्ममात्र रहेको बताइएको छ ।

 

महानिर्देशकको दावी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल निर्देशिकाको प्रावधानअनुसार हिमालयलाई अनुमति दिएको बताउनुभएको छ । वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ को उपदफा २ मा साताको ३५ उडान गर्ने वायुसेवा कम्पनीले आफ्ना विमानको ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न पाउने व्यवस्था छ ।

२०७६ चैत ११ मा अन्तर्राष्ट्रिय उडान बन्द हुनुपूर्व सातामा २० देखि २५ उडान गर्ने गरेको हिमालय एयरलाइन्सले हाल ४२ उडान गर्ने गरी उडान तालिका स्वीकृत गरेका आधारमा ‘ग्राउन्ड ह्यान्डलिङ’ अनुमति लिएको हो । जबकि निर्देशिकामा कम्तीमा ३५ उडान गरेको हुनुपर्ने उल्लेख छ।

असोज ४ मा प्राधिकरणले हिमालयलाई लेखेको पत्रमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७७ असोज ४ मा महानिर्देशक स्तरको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरुको भूमिस्थ प्रवन्ध ९ग्राउन्ड ह्यान्डलिङ० तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र प्रदान गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ’ भन्नेय व्यहोरा उल्लेख छ ।

Share Now