काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७० हजारमाथि पुगेको छ भने त्यसमध्ये करिब ५२ हजार जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार दिउँसो प्रेस ब्रिफिड.मा दिएको जनाकारी अनुसार विगत २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
सो अवधिमा कोरोना भाइरसको संक्रमण समेतको कारणले थप ६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा अहिलेसम्म ४ सम्म ५९ सङ्क्रमितको मृत्यु भएको छ ।
संक्रमित भएका मध्ये निको हुनेको सङ्ख्या ५१ हजार ८ सय ६६ पुगेको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक हजार ४ सय ५५ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
बिहीवार मन्त्रालयले एक हजार ४ सय ९७ सङ्क्रमित फेला परेको तथा १७ जनाको मृत्यु भएको जनाएको थियो।
गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।
अहिले देशभरि १८ हजार २ सय ८९ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेशनमा र अरू १० हजार ५२ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।
उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।
कोरोनाभाइरस ब्यानर
विगत २४ घण्टामा १२ हजार २ सय ६२ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार अहिलेसम्म नेपालमा ५१ हजार ८ सय ६६ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.४ प्रतिशत हो।
गम्भीर लक्षण भएका बिरामीमध्ये २ सय २७ जना सघन उपचारमा र ३९ जना भेन्टिलेटरमा छन्। अहिले देशभरि ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्।
अहिलेसम्म ५१ हजार जनाभन्दा बढी सङ्क्रमित रोगमुक्त। प्रदेशगत विवरण। असोज ९ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित ।
सङ्क्रमित र मृतकको विवरण
अहिले फेला परेका सङ्क्रमितमध्ये ४ सय ५३ जना महिला र ८ सय ६० जना पुरुष छन्।
काठमाडौंका ५ सय ३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना गरी उपत्यकामा ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यसैगरी मोरङमा ६९, महोत्तरीमा ५५, सर्लाहीमा ३९, बाँकेमा ३२ र रूपन्देहीमा ६१ जनामा पनि कोरोनाभाइरस भेटियो।
मन्त्रालयले मृतकमध्ये तीन महिला र तीन पुरुष भएको जनाएको छ। उनीहरूको उमेर ५० देखि ७५ वर्षसम्म थियो।
मोरङका दुई तथा सप्तरी, ललितपुर, काठमाडौं र कपिलवस्तुमा एक(एक जनाको कोरोना भाइरसको संक्रमण समेतको कारणले मृत्यु भएको हो।(बीबीसीबाट)


















