Prakash Adhikari January 28, 2018

काठमाडौ,१४ माघ । नेकपा एमाले र माओवादीको कार्यदलले गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।

कार्यदलले प्रदेशमा एमालेलाई चार मुख्यमन्त्री र चार सभामुख दिने सहमति गरेको छ भने माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ ।
उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा लिने सहमति बनेको छ ।

सहमति अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिनेछ ।

प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ ।

यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ ।

एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।

 

Share Now

Leave a comment.