Prakash Adhikari October 2, 2020

 

आबुधाबी (संयुक्त अरब इमिरेट्स), १५ असोज । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तरगत संयुक्त अरब इमिरेट्स( युएई)मा भैरहेको १३ औं संस्करणको लिग चरण बिहिबार सम्पन्न खेलमा अन्तर्गत रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्सले के एल राहुल नेतृत्वको किंग्स् ११ पञ्जाबलाई ४८ रनको ठूलो अन्तरले पराजित गरको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।

१ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाबको ब्याटिड. ज्यादै फितलो रह्यो । पञ्जाबका निकोलास पुरनले ४४, मायाक अग्रवालले २५, कृष्णप्पा गोथमले २२, कप्तान केएल राहुलले १७, ग्लेन म्याक्सवेलले ११, सफराज खानले ७,करुण नायर ३ मोहम्मद सामीले २ र रभि विस्नोईले १ रनको योगदान दिए ।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह , जेम्स प्याटीन्सन , राहुल चाहरले समान दुई दुई विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पान्ड्याले एक एक विकेट लिए।

मुम्बईको ब्याटिंग

Image

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले ४५ बलमा ८ चौका र ३ छक्काको मद्दतले ७० रन बनाए । काइरन पोलार्डले ३ चौका र ४ छक्काको मद्दतले अविजित ४७ बनाए । हार्दिक पान्ड्याले ३ चौका र २ छक्काको मद्दतले अविजित ३० रन बनाए। खेलमा इशान किशनले २८ रन बनाए भने सूर्य कुमार यादवले १० रन बनाएका थिए ।

मुम्बईलाई रोक्ने क्रममा पञ्जाबका शेल्डन कटरेल , मोहम्मद शामी , कृष्णप्पा गोथमले समान एक एक विकेट लिए।

अंकतालिकामा मुम्बई शीर्षमा

चौथो खेलमा दोश्रो जित दर्ता गर्दै मुम्बई अंकतालिकामा छैठौं स्थानबाट उक्लेर पहिलो स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि दिल्ली, कोलकाता, राजस्थान र बैंगलोर क्रमशः दोश्रो देखि पाँचौ स्थानमा रहेको छ। ४ खेलमा तेश्रो हार पछि पञ्जाब छैठौं स्थानमा पुगेको छ।

मुम्बईले आगामी खेल हैदरावाद बिरुद्ध तथा पञ्जाबले चेन्नाई बिरुद्ध खेल्नेछ। दुवै खेल आइतबार खेलिनेछ।

लिग अन्तर्गत शुक्रबार चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.