Prakash Adhikari October 5, 2020

 

ओस्लो(नर्वे), १९ असोज(बीबीसी) । हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।

उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस हुन्।

नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ।

उक्त भाइरसले कलेजो क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो।

Virus in the liver
यो भाइरसले अहिले पनि विश्वभरि ७ करोड मानिस सङ्क्रमित छन्।

नोबेल समितिले उक्त अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न अनि अलग्ग्याउन सकिएकाले ती वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाएको उल्लेख गरेको छ।

त्यसरी भाइरसलाई अलग्ग्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटीस सी को सम्भावित सङ्क्रमण रोक्न सम्भव भएको उसको भनाइ छ।

Share Now

Leave a comment.