शेख जायद स्टेडियम(आबुधावी, संयुक्त अरब इमिरेट्स), २१ असोज । भारतको चर्चित क्रिकेट प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग(आईपीएल) २०२० अन्तरगत मंगलबार राति सम्पन्न खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्सले स्टेभन पिटर देभरक्स स्मिथ कप्तानीको राजस्थान रोयल्सलाई ५७ रनको अन्तरतले पराजित गरेको छ ।
शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न आईपीएल २०२० अन्तर्गत २० औं खेलमा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।
💥 Bumrah sends Smith packing in his first over with the new ball 👌
Live Updates: https://t.co/EqTAbIZhaN
Ball-to-ball: https://t.co/3BObuDJ9TN #OneFamily #MumbaiIndians #MI #Dream11IPL #MIvRR @Jaspritbumrah93 pic.twitter.com/SuPbJq0hsJ— Mumbai Indians (@mipaltan) October 6, 2020
राजस्थानको ब्याटिंगमा ओपनर जोस बटलरले ४४ बलमा ४ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ७० रन बनाएका थिए । तर अन्य खेलाडीले उनलाई साथ दिन सकेनन् । खेलमा जोफ्रा आर्चरले २४, टम कुरानले १५, महिपाल लामररले ११, क्याप्टेन स्टेभन स्मिथले ६,अंकित राजपुतले २ र श्रेयश गोपालले १ रन जोडेका थिए ।
राजस्थानलाई रोक्ने क्रममा मुम्बईका जस्प्रित बुम्राहले सर्वाधिक ४ , पेसर जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले २ २ तथा राहुल चाहर र काइरन पोलार्डले समान एक एक विकेट लिएका थिए
मुम्बईको ब्याटिड.
खेलमा टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो।
मुम्बईको लागि प्लेयर अफ द म्याच चुनिएका सुर्यकुमार यादबले ४७ बलमा ११ चौका र २ छक्काको मद्दतले सर्वाधिक अविजित ७९ रन बनाए। कप्तान रोहित शर्माले २३ बलमा २ चौका र ३ छक्काको मद्दतले ३५ रन बनाए भने हार्दिक पान्ड्याले १९ बलमा अविजित ३० , क्विन्टन डीककले १५ बलमा २३ रन र क्रुनाल पाण्ड्याले १२ रन जोडेका थिए।
मुम्बईलाई रोक्ने क्रममा राजस्थानका श्रेयस गोपालले सर्वाधिक २ विकेट लिए भने जोफ्रा आर्चरले र कार्तिक त्यागीले समान एकएक विकेट लिए लिए। टम करन , राहुल तेवतिया र अंकित राजपुत विकेटविहिन रहे।
यो जितसंगै आईपीएलको १३ औं संस्करणमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। मुम्बईको यो लगातार तेश्रो जित हो। यस अघि मुम्बईले बैंगलोर र पञ्जाबलाई पराजित गरेको थियो।
लिगमा राजस्थानको यो लगातार तेश्रो हार हो। पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि अघिल्लो २ खेलमा कोलकाता र बैंगलोरसंग राजस्थान पराजित भएको थियो।
कुनको स्थान कहाँ ?

छैठौं खेल खेल्दा चौथो जितपछि मुम्बई ८ अंक बटुल्दै नेटरन रेटमा दिल्लीलाई पछि पारेर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। दिल्लीको ५ खेलमा ४ जित र १ हार पछि ८ अंकरहेको छ र नेट रन रेटमा मुम्बई भन्दा पछि रहेको छ।
मंगलबारको हारपछि ५ खेलमा तेश्रो हार पछि ४ अंक रहेको राजस्थान सातौँ स्थानमा झरेको छ। समान ४ अंक रहेता पनि कोलकाता, चेन्नाई र हैदरावाद क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहेका छन्।
लिग अन्तर्गत मुम्बईले आगामी खेल आइतबार दिल्ली क्यापिटल्ससंग खेल्ने छ भने राजस्थानले पनि दिल्लीसंग नै खेल्ने तालिका रहेको छ।
बुधबार कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।


















