Prakash Adhikari January 29, 2018

हंगकंग, १५ माघ । हंगकंगमा आइतबार सम्पन्न मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्टिय टोलीले हंगकंगलाई पराजित गरेको छ ।। नेपाली राष्ट्रिय भलिबल टोलीले  हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ ।

चौतिस बर्षपछी हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो ।

खेल पश्चात नेपालका मुख्य प्रशिक्षक बिरेन्द्रप्रसाद चौधरीले कोर्टमा खेल्दा  हङकङको सुरुमा  नेपाली खेलाडीहरु अलमलिएको बताए ।

त्यस्तै उता हङकङका प्रशिक्षक याउ होक चुन भन्छन् “लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिन्थ्यो । त्यसैले पहिलो सेट उनीहरूको लागि वार्म अप जस्तो भयो । पछी उनिहरूले राम्रो खेले । आजको कमजोरीलाई गम्भिर रूपमा बिश्लेशण गरी राम्रो गर्ने छौ ।”

त्यसेगरी नेपाली टोलीका कप्तान इम रानामगरले शुरुवातमा तालमेल नमिले तापनि पछि टोलीले राम्रो खेलेको बताए । रानाले भने “सुरुमा उनीहरूको खेल बुझ्न समय लाग्यो । हाम्रो पनि तालमेल मिल्न सकेको थिएन । पछी उनीहरूको खेल बुझे पछी राम्रो गर्न सफल भयौं । रीसिभमा राम्रो हुन सकेको छैन भोली त्यस्मा सुधार गर्नेछौ ।”

Share Now

Leave a comment.