Prakash Adhikari October 8, 2020

 

काठमाडौं, २२ असोज । स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार र सुशासनको माग राख्दै अनशन बस्नुभएका डा. गोविन्द के.सी.ले सार्नुभएका मागहरुको सम्बन्धमा सरकारी प्रतिनिधि र डा. गोविन्द केसीका प्रतिनिधिहरुबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको छ ।

बिहान साढे १० बजेबाट शिक्षा मन्त्रालयमा सुरु भएको वार्ताको कुनै परिणामा आइसकेको छैन् ।

सरकारले डा.के.सी.ले सार्नुभएका मागहरुको विषयमा वार्ता गरी समाधान खोज्न सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. शर्मा सहितको टोली गठन गरेको छ ।

यता डा. केसी पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुनुभएको छ ।

Share Now

Leave a comment.