Prakash Adhikari October 8, 2020

 

कोलम्बो(श्रीलंका), २२ असोज । नेपाली क्रिकेटरद्धय सन्दीप लामिछाने र सुनम गौतम लंका प्रिमियर लिग (एलपीएल) क्रिकेटको ड्राफ्टमा परेका छन्।

श्रीलकां क्रिकेट बोर्डले पहिलो पटक लंका प्रिमियर लिगको आयोजना गर्न लागेको हो। लिगमा २८ जना विदेशी खेलाडीले स्थान पाउनेछन्।

सन्दीप हाल ईण्डियन प्रिमियर लिग (आइपीएल) का लागि युएईमा छन्। सुनम अष्ट्रेलियामा छन्।

लंका प्रिमियर लिग नोभेम्बर २१ देखि सुरु हुनेछ।

ड्राफ्टमा सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० देखि ६० हजार अमेरिकी डलर पाउने छन्।

त्यस्तै अर्का नेपाली खेलाडी सुनम गौतम रहेको श्रेणीका खेलाडीका लागि १५ देखि २५ हजार अमेरीकी डलर तोकिएको छ।

भोलि शुक्रबार हुने अक्सनबाट खेलाडीहरुको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रबिधि विश्लेषक रमन शिवाकोटीले बताएका छन्।

४ वटा अन्तराष्ट्रिय मैदानमा हुने खेल यसअघि अगष्ट २८ देखि सेप्टेम्बर २० सम्म गर्ने तयारी गरिएको थियो। तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो।

Share Now

Leave a comment.