Prakash Adhikari January 29, 2018

काठमाडौं,१५ माघ । नेकपा एमालेले प्रदेशका मुख्य मन्त्री र सभामुख तथा उपसभामुख चयनको लागि भोलि स्थायी कमिटीको बैठक बोलाएको छ ।

मंगलबार विहान १० बजेका लागि बोलाइएको स्थायी कमिटीको बैठकमा एमालेको भागमा प्रदेश १, २, ४ र ५ को मुख्यमन्त्री परेको छ ।
सचिव प्रदीप ज्ञवालीका अनुसार सर्वसम्मत संसदीय दलको नेता चयनको प्रयास हुनेछ र सहमति नजुटेको अवस्थामा चुनाव हुनसक्छ ।

उनले भने, ‘पार्टीले एउटा विधि बनाउँछ र प्रदेश कमिटीले आवश्यक निर्णय गर्छ ।’

यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ ।

एमालेको भागमा परेको प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यको दाबी छ । प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपी राजेन्द्र पाण्डेसहितका नेताहरुले पनि आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीका लागि सचिप पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङ दुवैले निर्वाचनको समयदेखिनै आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका छन् ।

Share Now

Leave a comment.