Prakash Adhikari October 13, 2020

 

काठमाडौं, २७ असोज । बडा दशैको आगमन र आम नागरिकको आवागनमा भएको बृद्धिसंगै नेपालमा कोरोना भाइरसको संक्रमण अनपेक्षित रुपमा बढिरहेको छ । विगत केही हप्तादेखि संक्रमितहरुको संख्या दिनहुँ २ हजार माथि छ । हालसम्म संक्रमितको संख्या १ लाख १५ हजार नाघेको छ भने मृतकको संख्या पनि ६ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिड.मा बताउनुभए अनुसार मंगलबार अपरान्हसम्म विगत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने थप १८ जनाको यस घातक भाइरसको संक्रमण समेतबाट मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये २ हजार १ सय २९ जनाभन्दा बढी काठमाडौं उपत्यकाका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १५ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा मङ्गलवार अपराह्णसम्म थप १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।

कोरोनाभाइरस
मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ५ सय ३ सङ्क्रमित रोगमुक्त भएका छन्।

नेपालमा अहिलेसम्म ६ सय ६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ३० प्रतिशत महिला छन्।

सोमवार मन्त्रालयले चार हजार सङ्क्रमित फेला परेको पुष्टि गरेको थियो।

अहिलेसम्म नेपालमा ७८ हजार ७ सय ८० जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६८.३ प्रतिशत हो।

यसरी दोबर भयो सङ्क्रमितको कुल सङ्ख्या। नेपालमा कोरोनाभाइरस । पहिलो सङ्क्रमित भेटिएको २८० दिन पछि कुल सङ्ख्या एक लाख ।
यसरी दोबर भयो सङ्क्रमितको कुल सङ्ख्या. नेपालमा कोरोनाभाइरस . पहिलो सङ्क्रमित भेटिएको २८० दिन पछि कुल सङ्ख्या एक लाख .

कहाँ छन् सक्रिय सङ्क्रमित ?

अहिले देशभरि ३५ हजार ९ सय १५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २० हजार ८ सय ६७ जना घरमा र बाँकी १५ हजार ४८ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

काठमाण्डू उपत्यकामा कति छन् सक्रिय सङ्क्रमित. २०,९१७. .

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये २० हजार ९ सय सङ्क्रमित काठमाडौं उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या १ लाख नाघ्यो।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज ९ गते अपराह्णसम्मको तथ्याङ्क . .

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

शनिवार मन्त्रालयले ५ हजार ८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

को हुन् सङ्क्रमित ?

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये १ हजार ७ सय ३६ जना काठमाडौं जिल्लाका, १ सय ६७ जना भक्तपुरका र २ सय १६ जना ललिपुरका हुन्।

त्यसैगरी सुनसरीमा २ सय ८९ जना, मकवानपुरमा १ सय ३० जना र रूपन्देहीमा २ सय २८ जनामा पनि कोभिड १९ देखिएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.