Prakash Adhikari January 29, 2018

काठमाडौं, १५ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूर पश्चिमको विकासको लागि कृषि,पर्यटन र व्यापारमा जोड दिनपर्ने बताएका छन् ।
सोमबार दिउँसो कैलालीमा आयोजित भजनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भजनी कृषिको विविधिकरण, पर्यटन र ब्यापारका दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँ भएको बताए । उनले विगतमा राज्यले उपेक्षा गर्दा समग्र सूदुरपश्चिमको विकास पछाडि पर्न गएको र आगामी दिनमा सूदुरपश्चिमको व्यवस्थित ढंगले विकास गरिने बताए ।

उनले समृद्धि र विकासको संकल्पसहित बाम गठबन्धन बनाएको उल्लेख गर्दै आगामी सरकारले ‘राजनीतिक स्थिरता र आर्थिक विकासमा जोड दिने बताए ।

उनले व्यापार र आर्थिक विकासको लागि छोटी भन्सारको स्तरोन्नति पनि उत्तिकै जरुरी रहेका बताए ।

बामपन्थीहरुको नेतृत्वमा सरकार बनेपछि विकास र समृद्धिको यात्रा तीव्रताको साथ अघि बढ्ने उल्लेख गरे ।

Share Now

Leave a comment.