Prakash Adhikari January 29, 2018

 

काठमाडौं, १५ माघ । नेपालको पर्वतारोहण पत्रकारिताकी इन्साइक्लोपिडिया, नेपालका लागि न्यूजिल्याण्डकी पूर्व वाणिज्यदूत तथा हिमालयन ट्र्ष्ट नेपालकी प्रमुख स्वर्गीय एलिजावेथ ह्वलीको सोमबार बौद्ध परम्परा अनुरुप स्वयम्भूमा अन्तेष्टि सम्पन्न भएको छ ।

उनको यही जनवरी २६ अर्थात माघ १२ गते शुक्रबार बिहान २ ः३० बजे लाजिम्पाटस्थित सिविक अस्पतालमा निधन भएको थियो ।

उनको अन्तेष्टिमा सहभागी हुन संयुक्त राज्य अमेरिकाबाट उनका परिवारजनहरु उनका भतिजा माइकल लियोेनार्द ह्वली र उनकी पत्नी मेग लियोनार्द पनि आइतबार नेपाल आइपुगेका थिए ।

अन्त्येष्टिमा उनका मित्रजन, कुटनीतिज्ञ, पर्वतारोही, सोलु र खुम्बु क्षेत्रका शेर्पा र विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

उनकी भतिजी बुहारी मेघ लियोनार्दले आफ्नी काकीको अन्त्येष्टीबारे बडो सुन्दर शैलीमा लेखेकी छन्, हिमालयन ट््रष्टका शेर्पाहरुले आज उनको यस्तो सुन्दर र सार्थक शवयात्राको व्यवस्था गरे । पहिले उनीहरुले हिमालयन ट््रष्टको कार्यालय जसको माथि ह्वली दशकौ बसेकी थिइन, त्यहाँ आर्शिवचन सहित पूजा अर्चना गरे ।

त्यसपछि उनको अर्थीलाई स्वयम्भूनाथ पुर्याइयो ,जहाँ उनका भतिजा माइकल ह्वली लियोनार्दले शवयात्रा धूप बाले, दीप प्रज्वलन गरी अन्त्यमा दागवत्ति दिए । अस्तित्ववाट अलग भएको जनाउन निकै अविस्मरणीय ढंगले अन्त्येष्टी गरियो । जसले यस्तो प्रबन्ध गरे ति निकटका सबै धन्यवादका पात्र छन् ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा अन्तराष्ट्र्यि पर्वतारोहण महासंघको अनररी सदस्य आड. छिरिड. शेर्पाका अनुसार नेपाल सरकारले सन् २०१४ को जनवरीदेखि लागु हुने गरी एलिजावेथ ह्वलीको नाममा काञ्जिरोवा हिम श्रृखलामा रहेको कख्योर हिमालमा पर्ने ६१८२ मिटर अग्लो पोता उत्तर हिमाललाई ह्वली चुलीको नामाकरण गरेको थियो ।

नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०११ को अवसरमा नेपालमा पर्वतारोहणको लागि खुला नभएको हिमालको पहिचान गर्न र नाम नभएका हिमालको नामाकरण गर्न, तिनीहरुको अवस्थिति, उचाई,अक्षांश र देशान्तर,हिम श्रृखला क्षेत्र र पर्वतारोहणको मार्ग पत्ता लगाउनुका साथै पर्वतारोहणको नियम र उपनियमहरुमा संशोधनका प्रावधानहरु सुझाउन नेपाल पर्वतारोहण संघका तात्कालिन अध्यक्ष आड. छिरिड. शेर्पाको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

सो समितिले सरकारलाई खुला नगरिएका १ सय ५ वटा चुली आरोहणको निमित्त खुला गर्न र ८ वटा चुलीको नाम नेपालको पर्वतारोहणमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थाको नाममा राख्न सुझाव दिएको थियो । सरकारले सोही शिफारीस बमोजिम २०१४ को जनवरीदेखि लागू हुने गरी २०१३ मा सो निर्णय गरेको थियो ।

अन्य चुलीहरुमा खुम्बु हिमालको एभरेष्ट र चो यू बीचमा ७९१६ मिटरको तेन्जिड.,७६८१मिटरको हिलारी, अन्नपूर्ण र गंगापूत्रबीचमा ७५५५को हर्जोग चुली र ७१४० मिटरको गंगापुत्र पश्चिमलाई लाछेनेल पिक, खुम्बु हिमालमा पुमोरी र ग्याचुड.खानबीचमा बुर्खे खाड.,मुस्ताड. हिमालमा रहेको ६४७६ मिटरको केशड. खाडलाई यूएएए र खुम्बु हिमालको ६०६६३ मिटर अग्लो खञ्चुड. खाड.लाई यूआईएए नामाकरण गरिएको थियो ।

 

Share Now

Leave a comment.