Prakash Adhikari October 19, 2020

 

काठमाडौं,३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुले दशैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको बताउनुभएको छ ।

नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुलाई सादा ढंगले दशै मनाउन आग्रह गरिएको पनि जानकारी दिनुभएको छ ।

कोरोनाविरुद्धको लडाईँलाई पहिलो प्राथमिकतामा राख्दै दशैं खर्चबापतको भत्ता कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरिएको उपनेता नेम्बाड.को दावी छ ।

आमजनता भोकमरीले छटपटिएको बेला विधायकहरुले दशैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना आउने यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो ।

नेकपाका प्रतिनिधिसभामा १सय ७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २ सय २० जना सांसद छन् ।

मन्त्रीहरुको पनि कोरोना कोषमा

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।

उहाँले ‘संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ’ पनि उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.