काठमाडौ, १५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
जस अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने भएको छ ।
प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।
५६ सदस्यका लागि हुने निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।
आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरेको छ । निर्वाचन चिहृन पाएसँगै उम्म्ेदवारले चुनाव प्रचार प्रसार सुरु गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक महिलासहित ३ जना नेपाल सरकारको शिफारीसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
३२ पदमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरु
प्रदेश उम्मेदवार
1 दलित विन कुमार विश्वकर्मा पुरुष नेपाली काँग्रेस
1 अल्पसङ्ख्यक वा अपांगता महेशकुमार जाजु पुरुष नेपाली काँग्रेस
1 दलित खेमराज नेपाली पुरुष (एमाले)
1 अल्पसङ्ख्यक वा अपांगता अगम प्रसाद बान्तवा राई पुरुष (एमाले)
3 महिला धन कुमारी खतिवडा महिला नेपाली काँग्रेस
3 दलित हरिशरण नेपाली पुरुष नेपाली काँग्रेस
3 अल्पसङ्ख्यक वा अपांगता मदन कृष्ण श्रेष्ठ पुरुष नेपाली काँग्रेस
3 अन्य राधेश्याम अधिकारी पुरुष नेपाली काँग्रेस
3 महिला दिलकुमारी रावल थापा (पार्वती) महिला (एमाले)
3 महिला उदया शर्मा / पौडेल महिला (एमाले)
3 दलित सिंगबहादुर विश्वकर्मा पुरुष (एमाले)
3 अल्पसङ्ख्यक वा अपांगता रामचन्द्र राई पुरुष (एमाले)
3 अन्य बलरामप्रसाद बाँस्कोटा पुरुष (एमाले)
3 अन्य रामबहादुर थापा मगर पुरुष (माओवादी केन्द्र)
3 महिला गिता काफ्ले महिला नेपाल मजदुर किसान पार्टी
3 दलित श्यामु विसुंके पुरुष नेपाल मजदुर किसान पार्टी
3 अल्पसङ्ख्यक वा अपांगता हिमालयश्वरलाल मूल पुरुष नेपाल मजदुर किसान पार्टी
3 अन्य कृष्ण वहादुर तामाङ पुरुष नेपाल मजदुर किसान पार्टी
4 महिला विन्दा देवी आले (राना) महिला नेपाली काँग्रेस
4 दलित जीत बहादुर नेपाली पुरुष नेपाली काँग्रेस
4 अन्य सुरेन्द्र राज पाण्डे पुरुष नेपाली काँग्रेस
4 महिला शान्ती कुमारी अधिकारी जि.सि महिला (एमाले)
4 महिला दिपा गुरुङ महिला (एमाले)
4 अन्य गणेश प्रसाद तिमिल्सिना पुरुष (एमाले)
4 दलित( खिम कुमार बि.क. पुरुष (माओवादी केन्द्र)
4 महिला मीना पुन महिला राष्ट्रिय जनमोर्चा
4 अन्य कृष्ण प्रसाद शर्मा अधिकारी पुरुष राष्ट्रिय जनमोर्चा
5 दलित मैकु लाल वाल्मीकी पुरुष नेपाली काँग्रेस
5 अल्पसङ्ख्यक वा अपांगता लुट बहादुर खत्री पुरुष नेपाली काँग्रेस
5 अन्य दुर्गा प्रसाद उपाध्याय पुरुष नेपाली काँग्रेस
5 दलित राम लखन चमार पुरुष (एमाले)
5 अन्य खिम लाल भट्टराई पुरुष (एमाले)
5 अल्पसङ्ख्यक वा अपांगता राज कुमार कुवर पुरुष (माओवादी केन्द्र)
5 अन्य चन्द्र बहादुर खड्का पुरुष (माओवादी केन्द्र)
5 अन्य रश्मीराज नेपाली पुरुष राष्ट्रिय जनमोर्चा
6 महिला सुर्यदेवी मल्ल महिला नेपाली काँग्रेस
6 दलित मित्र लाल सार्की पुरुष नेपाली काँग्रेस
6 अल्पसङ्ख्यक वा अपांगता गोपाल प्रसाद शर्मा पुरुष नेपाली काँग्रेस
6 अन्य विष्णु बहादुर शाही पुरुष नेपाली काँग्रेस
6 महिला नन्दा चपाई महिला (एमाले)
6 महिला कविता बोगटी महिला (एमाले)
6 दलित नरपति लुवार पुरुष (एमाले)
6 अन्य ठगेन्द्र प्रकाश पुरी पुरुष (एमाले)
6 अन्य भैरव सुन्दर श्रेष्ठ पुरुष (एमाले)
6 महिला यूटोल तामाङ महिला (माओवादी केन्द्र)
6 अल्पसङ्ख्यक वा अपांगता जीवन बुढा पुरुष (माओवादी केन्द्र)
6 अन्य काली बहादुर मल्ल पुरुष (माओवादी केन्द्र)
7 अल्पसङ्ख्यक वा अपांगता महेश कुमार महरा पुरुष (माओवादी केन्द्र)
7 दलित चक्र प्रसाद स्नेही पुरुष (एमाले)
7 दलित शेरी राम पार्की पुरुष नेपाली काँग्रेस
7 अल्पसङ्ख्यक वा अपांगत छत्र राज जोशी पुरुष नेपाली काँग्रेस