काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिमार्ण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको आज उदघाटन गर्नुभएको छ ।
२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।
राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुननिमार्णको शिलन्यास गर्नुभएको थियो ।
करिब २८ करोड रुपियाँको लागतमा निर्माण भएको ऐतिहासिक रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको पुरानै कला शैलीमा निर्माण गरिएको हो ।
उदघाटनका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत अतिविशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज अपरान्ह १२ बजे दरबार हाइस्कुल नवनिर्मित भवनको पनि उदघाटन गर्नुभएको छ ।
रानीपोखरीको उद्घाटनपछि उहाँले दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको हो ।
दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी राष्ट्र चीनको सहयोगमा भएको हो।


















