काठमाडौं, ५ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि उम्मेद्वारी दर्ता सुरु भएको छ ।
बुधबार वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समूहले उम्मेदवारी दर्ता गरेको छ ।
ढकाल समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन विश्वब्यापी फैलिएको कोरोना संक्रमणको महामारीका कारण नेपालमा चैत्र ११ देखि लगाइएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।
वर्तमान उपाध्यक्ष ढकाललाई गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद््वार प्रस्ताव गरेको थियो ।
गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
महासंघको चुनावका लागि उम्मेदवारहरुले बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् ।
मनोनयन दाखिला इमोलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
महासंघको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान पनि प्यानलसहित खडा हुनुहुने भएको छ ।
महासंघको निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो ।


















