Prakash Adhikari October 25, 2020

 

काठमाडौं, ९ कार्तिक । नेपालमा आइतबार थप २ हजार ८ सय ५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो वेभसाइटमा उल्लेख गरे अनुसार आइतबार अपरान्हमा २४ घण्टाको अवधिमा ती बिरामी थपिएका हुन् ।

उक्त अवधिमा कोरोना संक्रमणको समेत कारण ५ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ८ सय ४७ पुगेको छ।

योसँगै नेपालमा कुल १ लाख ५८ हजार ८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा १२ हजार ३ सय ११ वटा पीसीआर परीक्षण भएको थियो।

त्यसै गरी यो अवधिमा ३ हजार ३ सय ३६ जना निको भएका छन्। निको हुने प्रतिशत ७०.६ छ।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये बाग्मती प्रदेशमा १ हजार ८ सय ४९ जना र प्रदेश १ का ५ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ।

कोर
अरू तथ्याङ्क के छ ?
नेपालमा अहिले ४५ हजार ५ सय ७२ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख ११ हजार ६ सय ७० मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ९३ हजार १ सय ७३ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर गरी ४५ हजार ५ सय ७२ जना आइसोलेशनमा छन् भने ३ हजार ६४ जना क्वारेन्टाइनमा रहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
कोरोनाभाइरस किन यति धेरै सङ्क्रामकरु

प्रादेशिक हिसाबले बाग्मती प्रदेशमा सबभन्दा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित छन्। बाग्मती प्रदेशमा अहिले २७ हजार ७ सय ११ जनामा सक्रिय सङ्क्रमण छ।

बाग्मतीमा काठमाडौंं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

त्यस्तै झापा, मोरङ, सुनसरी, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली जिल्लामा पनि ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

कुल सङ्क्रमितमध्ये २७७ जना सघन उपाचार कक्षमा र ६६ जना भेन्टिलेटरमा रहेका छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.