Prakash Adhikari October 25, 2020

 

काठमाडौं, ९ कार्तिक । नबिल बैंकका निवर्तमान अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन भएको छ ।

उहाँको आइतबार कोरोना संक्रमणका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पौड्लको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

नबिल बैंक(तात्कालीन नेपाल अरब बैंक लि.)को स्थापना काल(२०४२) सालदेखि नै पटक पटक सञ्चालक समितिमा रहदै आउनु भएका पौडेलको अध्यक्षको पछिल्लो कार्यकाल केही समय अघि मात्रै सकिएर सञ्चालक समितिले नयाँ अध्यक्ष उपेन्द्रप्रसाद पौड्याललाई नियुक्त गरेको थियो ।

Share Now

Leave a comment.