हार्दिक आभार ब्यक्त गर्दछु !!!
८८ बर्स इतिहास (27th August 1932) बोकेको पर्बतारोहणको माउ सस्था बिश्व पर्बतारोहण महासङ्घको (UIAA- International Climbing and Mountaineering Fedeeration) यहि अक्टुबर् २३ र २४ तारिक भएको भर्चुवल बार्सिक साधारण सभा (General Assembly) र नया कार्यसमिति चयनको प्रत्यक्ष निबार्चनबाट नेपाल पर्बतारोहण सङ्घको प्रतिनिधित्व गर्दै सङ्घको ४७ वर्सको (1st November 1973) इतिहासमा दोश्रो पल्ट (पहिलो पल्ट सघका पुर्ब अध्यक्ष श्री जिम्बा जाङ्बु शेर्पा र हाल कुल बहादुर गुरुङ)ब्याबस्थापन समिति सदस्यमा (Management Committee Member) निर्बाचित भएको छ । ४ वर्सको कार्य अवधि रहने यो पद अत्यन्त महत्वपुर्ण मानिन्न्छ र नेपालको पर्बतिय पर्यटन बारे अन्तर्राट्रीय फोरुममा स्पस्टरुपमा बहस तथा प्रस्ताब राख्ने अवसर जुरेको छ । सम्भबत नेपाल पर्बतारोहण सङ्घ र नेपालको लागि पनि यो सुनौलो अवसर हो । यो मेरो दोश्रो प्रयास पछी सम्भब भएको पनि जानकारी गराउदछु । सङ्घका श्रदय अध्यक्ष श्री सन्त बिर लामा, सल्लाह्कार श्री डा. गणेस गुरुङ्, पुर्बअध्यक्षद्वय श्री आङ क्षीरिङ शेर्पा, श्री जिम्बा जाङ्बु शेर्पा, कोष-अध्यक्ष सूदर्शन नेउपाने, कार्यसमितिका साथीहरु, यो क्षेत्रमा मार्गनिर्देशन गर्नुहुने अग्रजहरु, कर्मचारी मित्रहरु, प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सबै मित्रहरु, पत्रकार मित्रहरु, सामाजिक सन्जाल, टेलीफोन र मेसेजद्वरा बधाइ र शुभकामना दिनुहुने प्रिय मित्रहरुप्रति हार्दिक आभार तथा नमन ब्याक्त गर्नु चाहन्छु । नया जिम्मेवारी थपिएको छ, पुरा गर्ने छु । https://www.theuiaa.org/…/peter-muir-elected-as-uiaa…/
#UIAAElection2020#ManagementCommitteeMember#Elected# #NMA#